
मन्दिप निउरे
ताराखोला बागलुङ
ताराखोला गाउँपालिकामा गाउँसभाको दशौँ अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
सभामा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन रोकाद्वारा एजेण्डाहरु छलफलको लागि सभामा प्रस्तुत गरिएको थियो ।
सभाले ताराखोला गाउँपालिकामा गाउँसभा अन्तर्गत रहने विषयगत समितिमा (लेखा समिति, विद्यान समिति, सुशासन समिति) को कार्य सञ्चालन कार्यविधि २०७८ सर्वसम्मत रुपमा स्वकृत गरेको छ । त्यस्तै स्थानिय सेवा ऐन २०७८ माथि छलफल गरी संघिय सेवा निजामति सेवा ऐन र प्रदेश निजामति सेवा ऐन नवन्दा सम्मको लागि ताराखोला गाउँपालिकाको स्थानिय सेवा ऐन २०७८ स्वकृत गरी आवश्याकता अनुसार संशोधन गरी कार्यान्वयमा ल्याउने प्रतिवद्धता सहित स्वकृत गरीएको गाउँपालिकाका प्रशासकिय अधिकुत प्रकाश गैरेले जानकारी दिए ।
सभामा प्रस्तुत विधेयक माथि छलफलको क्रममा सभाका सदस्य भद्र वहादुर घर्ती, याम वहादुर श्रीस, राम वहादुर रोका, जित वहादुर खत्री लगायतले आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए ।
सभा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।









