विद्यामन्दिर माविको भौतिक विकासमा सहयोग गर्ने ३ जना सम्मानित

-


     हिडन खबर    
     भाद्र २९ गते २०७९ मा प्रकाशित


विद्यामन्दिर माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा योगदान पु¥याउने ३ जनालाई सम्मान गरेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा ६ कोठे भवन निर्माणमा संयोजन तथा सहयोग गर्ने ३ जना लाई सम्मान गरेको हो । विद्यालयको पुःन निर्माणका क्रममा ब्रिटिस वेल फेयर पोखरा तथा क्यानडा रहेको प्रवासी नेपाली विच समन्यव गरी सहयोग गर्ने बागलुङ नगरपालिका १ रुद्रेपिपल निवासी समजसेवी दुर्गा बहादुर हमाल तथा उहाँका छोरा इन्जिनियर देवेन्द्र बहादुर हमाल र गोर्खा मेजर सोभित बहादुर हमाललाई सम्मान गरिएको थियो ।
कार्यक्रमा विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा भवन निर्माण समितिका पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारीले गण्डकी प्रदेशकै पुरानो तथा नमुना विद्यालयको रुपमा पहिचान बनाइरहेको विद्यालयको चौतर्फी विकासमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
सामुदायिक विद्यालयमा राज्य र समुदायको लगानी अनुसारको शैक्षिक वातावरण हुनुपर्नेमा भन्दै आफू पनि सो विद्यालयको विद्यार्थी भएकोले गौरव महसुस गर्ने गरेको बताउनु भयो। त्यस्तै सम्मानित व्यक्तित्व इन्जिनियर देवेन्द्र बहादुर हमालले विद्यालयको उन्नयनका लागि आफ्नो तर्फबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताउँदै समयानुकूल प्रविधिमैत्री शिक्षण सिकाइमा लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षता, प्रधानाध्यापक शान्तामणि ढकालको स्वागत र शिक्षक भिम प्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।
विद्यालयले शैक्षिक विकास र परिर्वतनको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्दै आएको छ ।