
राजेशचन्द्र राजभण्डारी
कहि बजेट नगएर समस्या कहीँ भएको बजेट समेत खर्च नगरि फ्रिज
गराएर नमुना काम गरेपछि बागलुङ नगरपालिका यतिबेला चर्चाको शिखरमा छ ।वर्तमान शिक्षा मन्त्री देवेन्द्र पाैडेलकाे गृह जिल्लामा मन्त्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिका भित्रका सामुदायिक बिद्यालयकाे लागि पठाएको ६ करोड भन्दा बढी बजेट समेत फ्रिज गरेपछि शिक्षा मन्त्री समेत चर्चामा आएका छन् ।


बर्तमान शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलकाे गृह जिल्ला बागलुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बिद्यालयकाे भवन र कम्प्युटर ल्याव लगायत भाैतिक संरचनाको लागि आएको ६ करोड बजेट बागलुङ नगरपालिकाकाे लापरबाहीकाे कारण फ्रिज भएको छ ।शिक्षा मन्त्री कै वडामा रहेको पृथ्वी हिरण्य माध्यमिककाे बिद्यालयकाे लागि छुट्टाएकाे सर्सत ४४ लाख फ्रिज भएको छ ।यस्तै गणेश माध्यमिक बिद्यालय ,रूद्रेपिपल माध्यमिक बिद्यालय ,सदा शिव प्राथमिक बिद्यालय ,लगायतका दर्जनौं बिद्यालयकाे लागि आएको ससर्त बजेट फ्रिज भएको हाे ।
बागलुङ नगर भित्रकाे बिद्यामन्दिर माध्यमिक बिद्यालयकाे लागि १० वटा कम्प्युटर कार्पेट लगायतका सामाग्री ल्याएर जडान गरि
बिल भरपाइ पेश गर्दा समेत नगरपालिकाले भुक्तानी राेकेर बजेट फ्रिज गराएको बिद्यालयका प्रधानअध्यापक शान्त मणि ढकालले बताए ।
बागलुङ नगरपालिका वडा नम्बर ५ काे मालिका माध्यमिक बिद्यालयकाे दुई काेठे भवन र कम्प्युटर ल्याबकाे लागि आएको २४ लाख ५० हजार रूपैयाँ नगरपालिकाकाे लापरबाहीकाे कारणले बिद्यालयकाे खातामा जम्मा गर्नुपर्ने रकम फ्रिज गरेको मालीका माध्यमिक बिद्यालयका प्रधान अध्यापक बालकृष्ण सापकोटाले बताए ।
बागलुङ नगरपालिका भित्रकाे सामुदायिक बिद्यालयकाे शैक्षिक सुधारकाे लागि आएको करोडौ रकम नगरपालिकाले हठात मनसायबाट फ्रिज गराएको समेत आरोप लगाइएको छ । नियतबस रकम फ्रिज गरिएको एमाले नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले बताए ।
बागलुङ नगरपालिका शिक्षा समितिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको बिद्यालयका भुक्तानीकाे लागि फाइल लेखामा पठाएको तर लेखाकाे लापरबाहीले करोडौं रकम फ्रिज गरेको आराेप नगर शिक्षा अधिकारी धनप्रसाद पाेखरेलले दाबी गरेका छन् ।
सबै कुरा असार २५ गते गर्ने नेपाली परम्परा र संस्कृति कै निरन्तरता कै कारण बागलुङ नगरपालिका भित्र सामुदायिक बिद्यालयकाे लागि आएको ससर्त रकम बिद्यालयकाे खातामा जम्मा गरिदिन स्थानीय तहलाई परिपत्र हुदा समेत ६ करोड भन्दा बढी रकम नगरपालिका कै लापरबाही कै कारण फ्रिज भएपछि बिद्यालयका शिक्षकहरू आन्दोलन गर्ने पक्षमा पुगेका छन् ।
बागलुङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम र एमाले नगर कमिटीले नगरपालिकामा पुगेर ध्यानाकर्षण पत्र बुझाएपनि ६ करोड फिर्ता हुने संभावना निकै कम देखिन्छ ।बागलुङ नगरपालिकाकाे १४ वटा वडामा रहेको सामुदायिक बिद्यालयका शिक्षक अभिभावक ,र बिद्यालय ब्यबस्थापन समिति यतिबेला आक्राेशित बनेका छन् ।
बागलुङ नगरपालिकाले करोडौं रकम फ्रिज गरेको भन्दै चाैतर्फि बिराेध भएपछि बागलुङ नगरपालिकाका नगर प्रमुख ,उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत सहितको टाेली रातारात राजधानी पुगेर प्रधानमन्त्री ,मन्त्री ,र मन्त्रालय धाइरहेका छन् ।









