गण्डकी प्रदेशको संबेदनसिल जिल्लामा शान्तिपूर्ण निर्वाचन
बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार भेटघाट
गरि प्रहरीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञावलीले गण्डकी प्रदेशको ११जिल्ला मध्य संबेदनसिल मानिएको बागलुङ जिल्लामा यसपटकको स्थानीय तहको निर्वाचन एकदमै साैहार्द पुर्ण वातावरणमा सफल पार्न सफल भएको पत्रकार भेटघाटमा बताउनुभयाे । निर्वाचनमा उत्कृष्ट भुमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानीधि ज्ञावली लाई गण्डकी प्रदेश प्रहरीले पुरस्कृत गरेको समेत पत्रकार भेटघाटमा जानकारी गराइएको थियोे ।
बागलुङ जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासनले चाेरी र अपराधका घटनामा संलग्न ब्यक्तिहरूलाइ पक्राउ गरि कानुनी कार्वाहीकाे लागि मुद्दा चलाउने काम गरिरहेकाे बेला निर्वाचन भएको कारणले पनि केही काममा प्रभाव पारेको ज्ञावलीले बताए ।
बागलुङ सदरमुकाममा शान्ति सुरक्षा लाई चुष्ट र दुरुस्त राख्न बजारमा सिसि क्यामेरा आवश्यक भएपनि त्यो अहिलेसम्म हुन नसक्दा काम गर्न असहज भएको ,ट्राफिक ब्यबस्थापनका लागि केही चुनाैती कायमै रहेको धारणा पत्रकार भेटघाटमा राखिएको थियो । लागू आैषध पनि एउटा सामाजिक समस्याको रूपमा रहेको हुदा यसलाई हल गर्न समुदायकाे पनि साथ र समर्थन जरुरी रहेको धारणा राखेका थिए ।
पत्रकारहरूले निर्वाचनको समयमा निर्वाचनको रिपोर्टिङ गर्ने क्रममा फाेटाे भिडियो खिच्न प्रहरी प्रशासन बाट ठाउँ ठाउँमा अवरोध भएको गुनासो राखेका थिए । जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार भेटघाट कार्यक्रम अबदेखि नियमितरूपमा गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।पत्रकार भेटघाट कार्यक्रम संचालन जिल्ला प्रहरी कार्यालयका भुपेन्द्र गिरिले गर्नुभएको थियो ।