पेट्रोलियम पदार्थकाे मुल्य वृद्धिले ल्याएको तरङ्ग ?

-


     हिडन खबर    
     जेठ ९ गते २०७९ मा प्रकाशित


सामाजिक संजालमा मुल्य वृद्धि बारे आक्राेश पाेख्दै सर्वसाधारण

बागलुङ ,नेपाल आयल निगमले आइतबार बेलुका देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ,डिजेल ,मत्तितेल ,हवाइ इन्धनमा १० रूपैयाँ र खाना पकाउने एलपी ग्यासमा २ सय रूपैयाँ मुल्य वृद्धि गरेपछि यसको चाैतर्फि बिराेध हुन थालेको छ ।

सामाजिक संजाल फेसबुक मार्फत अहिले भएको मुल्य वृद्धिकाे एकसाथ विराेध गरेका छन् ।अहिले भइरहेको इन्धनको मुल्य वृद्धिले नेपाली जनजीवनमा पार्ने प्रभाव आफ्नो ठाउँमा छ ।आइतबार रातिदेखि पेट्रोल प्रतिलिटर १८० रूपैयाँ ,डिजेल ,र मत्तितेल ,१६३ रूपैयाँ ,खाना पकाउने ग्यास १८०० रूपैयाँ पुगेको बिषयमा सामाजिक संजालमा अभिब्यक्त बिचार समसामयिक भएकोले हिडन खबरले यसलाई प्राथमिकताका साथ पाठक समक्ष प्रस्तुत गर्ने जमर्को गरेका छाै ।

अहिले सामाजिक संजालमा आक्राेश पाेख्नेहरूले अहिले भर्खरै सम्पन्न भएको निर्वाचन लाई समेत जाेडेर सरकारले जनतालाई महंगी उपहार दिएको भनेर लेख्नुभएको छ ।