मातातिर्थ औंसीबारे के कस्तो धारणा राख्नुहुन्छ ?

-


     हिडन खबर    
     वैशाख १७ गते २०७९ मा प्रकाशित


घर घरमा मातातिर्थ आ‌‌‌‌‌ैसी आज भब्य रूपले मनाउँदै छाै । सामाजिक संजालका भित्ता आमाको फाेटाेले भरिएका छन् ।घरमा भएको बृद्व आमालाइ घरमा एक्लै छाेडेर छाेराछाेरीहरू अस्ट्रेलिया ,जापान ,अमेरिका ,क्यानडा ,लगायतका मुलुकमा जाने क्रम समेत बढेर गइरहेको छ ।बर्षमा एकदिन मनाउने माता तिर्थ आ‌ैसी मात्रै कर्मकाण्डे बन्दै गइरहेको बेला अहिले नेपालमा मनाइने आमाको मुख हेर्ने दिन अर्थात् आमा आ‌ैसी बारे कस्तो बिचार ब्यक्त गर्छन् समाजका दिदीबहिनीहरू हिडन खबरले गरेका प्रश्न र जवाफ आजको बिचारमा पस्केका छाै ।

सुमिरा लामा अभियन्ता मानव सेवा आश्रम बागलुङ

अहिले बर्षमा एकदिन आमा आ‌‌ैसी मनाउने चलन निकै चलिरहेको देखिन्छ ।सामाजिक संजाल भरि जताततै आमाको फाेटाे राखेर दुनियाँलाई देखाउने प्रचलन बढेर गएको छ हामीले एकदिन मात्रै हैन ३६५ दिन नै आमाको सेवा गरे अरू केही गर्नुपर्दैन ,अहिले समाजमा हुने खाने वर्गका ब्यक्तिहरूले आफ्नाे बृद्धअबश्था पुगेको आमालाई बृद्व आश्रममा लगेर छाेड्ने प्रचलन बढेर गएको छ यसलाई राेक्न सबै जागरूक बन्नुपर्छ तबमात्र आमा आ‌ैसी मनाउनुकाे सार्थकता रहने छ ।

बिन्दु देबी शर्मा गृहनी

हामीले अहिले एकदिन मात्रै आमा आ‌ैसी धुमधामका साथ मनाउने चलन केही बर्ष यता चलिरहेको छ ।अहिले संस्कृति भन्दा पनि देखासिकि गर्ने चलन बढेर गएको देखिन्छ आमालाई हरेक दिन राम्रो ब्यवहार गर्न सके अरू केही पनि गर्न पर्दैन जस्तो लाग्छ ।

सुजु जिसी बिद्यार्थी

माता तिर्थ आ‌ैसी मनाउने चलन चलेको छ यसलाई राम्रो मान्नुपर्छ ।हामीले घरमा आमालाई सधैं राम्रो ब्यवहार गर्ने हाे भने अरू केही गर्न पर्दैन ,अहिले बृद्व आमालाई बृद्व आश्रममा लगेर राख्ने चलन समेत बढेर गइरहेकाे छ साच्चै राम्रोसँग शिक्षा दिन सकेको खण्डमा आमा आ‌‌ैसी मनाउनुकाे सार्थकता रहनेछ ।

इना श्रेष्ठ गृहनी

अहिले मातातिर्थ आ‌ैसी लाई केही बर्ष यता राम्रोसँग मनाउने चलन शुरू भएको छ यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
आमाको मुख हेर्ने एकदिनकाे लागि भएपनि छाेरीहरू माइत जान पाउने आमा संग भेटघाट गर्न पाउने भएको कारणले पनि
यो पर्वको महत्त्व झन बढेर गएको छ ।छाेराछाेरीले आफ्नो आमालाई माया ममता गर्नुपर्छ तबमात्र आमाको सच्चा सम्मान गरिएको ठहरिनेछ ।

पुष्पा बिश्वकर्मा युवा

अहिले आमा आ‌‌ैसी धुमधामका साथ मनाउने चलन बढेर गएको छ ।साच्चै आमा लाई हामी सबैले सम्मान गर्नुपर्छ तर अहिले आमा आ‌ैसीकाे दिनमात्र आमालाई संझने अघिपछि वास्ता नगर्ने प्रवृत्तिलाई भने चिर्न जरुरी देख्छु ।आफुलाई जन्म दिने आमालाई सधैं सम्मान गर्न सकेको खण्डमा राम्रो मात्रै समाजमा आमाको सच्चा सम्मान हुनेछ भन्ने आफुलाइ लागेको ।