
सत्ताको सिंहासन चढेपछि,
मान्छेले देख्दैन आँखा खुलेर,
जनताको पीडा, सपना, र आँसु
बिर्सन्छ ऊ, गहिरो अन्धकारमा ढलेर।
शक्तिको स्वादले मनमा उन्माद ल्याउँछ,
सत्यको स्वर दबिन्छ, डरले काँप्छ,
न्यायको बाटो भुलेर,
अहंकारको महलमा आत्मा हराउँछ।
कहिले थियो ऊ जनताको सेवक,
आज बन्यो शासक, कठोर र निर्दयी,
शब्दहरू मिठा, कर्महरू विषिला,
सत्ताको नशाले बनायो ऊ अज्ञानी।
तर समय सधैं स्थिर रहँदैन,
जनताको आँखा फेरि खुल्छ,
सत्ताको पर्दा च्यातिन्छ एक दिन,
शक्ति झर्छ, जब सत्य बोल्न थाल्छ।
राजेश चन्द्र राजभण्डारी












