कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताका विजयीलाई पुरस्कार, महायज्ञको समापन आज

-


     हिडन खबर    
     जेठ ३२ गते २०८२ मा प्रकाशित


पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज औपचारिक रूपमा समापन हुँदैछ। महायज्ञका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोमको विधिवत् समापन कार्यक्रम भोलि सम्पन्न हुनेछ।

आज कोटिहोममा महाआरती सम्पन्न भयो, जहाँ भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी आजदेखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण थालिएको छ, जसका लागि भक्तजनको भीड लागेको थियो। साथै, हवन कुण्डमा राखिएका इट्टा रु १०० तिरेर घर लैजान मिल्ने व्यवस्था गरिएको छ। जलसहितका कलशहरू पनि वितरण भइरहेका छन्।

यसै अवसरमा आज राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण गरिएको छ। प्रतियोगितामा देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम हुँदै रु ३,५५,५५५, माछापुच्छ्रे सेवा समाज पोखरा–२५ हेमजा द्वितीय हुँदै रु २,५५,५५५, र बालन तथा कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय हुँदै रु १,५५,५५५ प्राप्त गरेका छन्।
राधाकृष्ण भजन समूह सैनामैनाभद्रकाली खैँजडी भजन समूह ले सान्त्वना पुरस्कारस्वरूप रु ६५,०००–रु ६५,००० प्राप्त गरे।

विभिन्न विधामा उत्कृष्ट घोषित भएका समूहहरू यसप्रकार छन्:

उत्कृष्ट झाँकी – धर्मोदय दशावतार भजन समूह, पाल्पा रामपुर
उत्कृष्ट अभिनय – भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ
उत्कृष्ट शब्द संयोजन – मातृकेश्वर एकता भजन समूह, पोखरा–२५
उत्कृष्ट नृत्य – राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, कालिका मन्दिर बागलुङ
उत्कृष्ट प्रस्तुति – हरिहर भजन समूह, स्याङ्जा पुतली बजार
उत्कृष्ट पुरुष स्वर – राष्ट्रिय लोक भजन चुट्का, भुमही नवलपरासी
उत्कृष्ट महिला स्वर – सृजना भजन समूह, माथागढी पाल्पा
उत्कृष्ट अनुशासन – भगवती भजन समूह, पोखरा–१४ खाल्टेमसिना
उत्कृष्ट भेषभूषा – ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी
उत्कृष्ट वाद्ययन्त्र – श्री गोपाल सिद्ध लोक भजन समूह, प्राणिनी समाज
वैदिक सनातन प्रस्तुति – ओमकारेश्वर भजन समूह, तार्केश्वर काठमाडौँ
उत्कृष्ट बाल कलाकार – सनातन वाल समूह, नवलपुर गैँडाकोट
उत्कृष्ट सन्देशमूलक प्रस्तुति – हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह, गैँडाकोट
यी सबै समूहले नगद रु २५,५५५ पुरस्कार प्राप्त गरेका छन्। विजेताहरूलाई महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्ति महाराजले पुरस्कार वितरण गरेका थिए।

कोटिहोममा विभिन्न भक्तजनहरूले तुलादान, चौरासी पूजा तथा नगद सहयोग गरेका छन्। प्रमुख सहयोगदाताहरूमा:

खैसरा क्षेत्री परिवार, पोखरा–१७ — रु १,१९,०००
डा. योगी विकासानन्द, पोखरा–२३ — रु १,०८,०००
क्या. यामप्रसाद लामिछाने, पोखरा–१७ — रु ५१,१०५
गुरुदत्त ढकाल, पोखरा–१७ — रु २६,१२५
भागीरथी आचार्य, पोखरा–१६ — रु ४०,०००
नगेन्द्र शर्मा भण्डारी, पोखरा–१७ — रु २५,५५ अन्य सहयोगदाताहरूको विवरण पनि उल्लेखनीय छ।
कोटिहोममा हाल भागवत मञ्जरी राधिका दासीद्वारा कथा वाचन भइरहेको छ। यो धार्मिक कार्यक्रम पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर र छेउका स्थानीय जग्गामा सञ्चालन गरिएको हो। महायज्ञको अन्तिम समापन कार्यक्रम भोलि गरिनेछ।