
काठमाडौं ,डान्सर तथा मोडल सृस्टिना क्षेत्रीले एपिक म्युजिक अवार्ड २०८१ को नेपाली डान्सिङ भिडियो बाट अवार्ड हात पारेकि छिन ।
एपिक नेपाल म्युजिक प्राली द्वारा भक्तपुर मध्यपुर ठिमि मा आयोजित एपिक नेपाल म्युजिक अवार्ड पाचौ सिजनको अवशरमा आयोजित उक्त अवार्ड उनले हात पारेकि हुन ।
वरिस्ठ कलाकार बसुन्धरा भुसालको हात बाट उनलाई अवार्ड हस्तान्तरण गरिएको हो ।
उनले घैलाको पानी बोलको गीतमा नायक नाजिर हुसेन सग नृत्य तथा अभिनय गरेकि थिइन भने सुमन केसी र दिपा लामाले स्वर दिएका थिए । सृस्टिनाले पल शाह लगायत अन्य थुप्रै कलाकार सग सहकार्य गरिसकेकि छिन ।












