
म्याग्दी, २० माघ । सहकारी ठगी मुद्दामा म्याग्दीका जिल्ला समन्वय प्रमुख पक्राउ परेका छन् । जिल्ला समन्वय प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले जानकारी बताएको छ ।
उनीसहितको समूहमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।
सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।












