
पर्वत पुस १३
अंग्रेजी नया वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि पौष १५ गतेदेखि १७ गते सम्म पर्बतको कुश्मा बन्जी साइडमा पर्यटन युवा सडक महोत्सव आयोजना गरिएको छ ।
कुश्मा मा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वत शाखाले महोत्सवको तयारीको वारेमा जानकारी गराएको हो ।
अंग्रेजी नया वर्ष २०२५ र पुषे पन्ध्रको अवसर पारेर आयोजना गरिएको यस महोत्सवले पर्वत जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकिय क्षेत्रको प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतकी अध्यक्ष पुजा कार्की शर्माले वताउनु भयो ।
महोत्सवको तयारीको वारेमा जानकारी दिदै महोत्सव सफल वनाउनका लागि आवश्यक समितीहरु गठन गरि सकिएको र सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
महोत्सवको उद्घाटन कार्यक्रम पौष १५ गते १ वजे आयोजना गरिएको ११ वजे वाट विभिन्न झाकी सहित कुश्मा वजार परिक्रमा गर्ने कार्यक्रम तय गरेको छ ।
महोत्सवको उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल वाट हुने र कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर साथै वरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीको समेत उपस्थिती रहने छ ।
महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विक, दिपक खड्का,शिव हमाल , जीवन दाहाल ,चोलेन्द्र पौडेल ,कृष्ण अखेली राजन कार्की माया गुरुङ चित्र सागर श्रेष्ठ , राम्जी पौडेल लगाएतका कलाकारहरुको सांगेतिक प्रस्तुति रहने छ भने हरेक साँझ विभिन्न व्यान्डहरुको प्रस्तुती रहेने आयोजकले जनाएको छ । महोत्सव संगै विश्वकै अग्लो वन्जीजम्प ,जिपलाइन कालिगण्डकी लामाझोलुङ्गेपुल अवलोकन गुग्तेश्वर गुफा आकर्षक रहेन छ ।









