तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

-


     हिडन खबर    
     भाद्र २६ गते २०८१ मा प्रकाशित


२६ भदौ, काठमाडौं । तनहुँमा बस दुर्घटना भएको छ आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो ।

तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो ।

१५ जना सवार उक्त बसमा अहिलेसम्म ११ जना घाइते भएको विवरण प्राप्त भएको उनले बताए । घाइते मध्ये ९ जना सामान्य छन् भने २ को अवस्था मध्यम रहेको छ ।

उद्धारको क्रम जारी नै रहेको विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।