तीज कार्यक्रममा १५ महिला उद्यमी सम्मानीत 

-


     हिडन खबर    
     भाद्र २० गते २०८१ मा प्रकाशित


काठमाडौ ,भदौ २०  नेपाली हिन्दु महिलाहरूकाे महान चाड तीज पर्व खर्चिलो भत्किलाे बन्दै गइरहेको आवाज उठिरहेको बेला काठमाडौ चन्द्रागिरि नगरपालिका भित्र भने यसपालि तीज पर्व फरक ढंगले मनाएर समाजलाई सकारात्मक सन्देश दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटी अखिल नेपाल महिला संघ चन्द्रागिरि नगर कमिटीकाे आयोजनामा नेपाली हिन्दु महिलाहरूकाे महान चाड तीज पर्वको अबसरमा तीज बिशेश कार्यक्रम गरि नगरपालिका भित्र रहेका १५ जना महिला उद्यमीहरूलाई एकै ठाउँमा
उभ्याएर उनीहरूले गरेको उद्यमकाे प्रस्तुति करण गरिएकाे अखिल नेपाल महिला संघ चन्द्रागिरि नगर कमिटीका अध्यक्ष शान्ता वलामीले बताए ।

तीजको कार्यक्रम हरेक संघसंस्थाले नाँच्ने तडक भडक गरेर मनाउने गरेको बेला अखिल नेपाल महिला संघले उद्घमी महिलाहरूलाई उपस्थिति गराएर आफुले गरेको काम अर्को लाई देखाउने अवसर दिएको छ यसबाट महिला उद्घमीलाइ हाैसला थप्ने काम भएको महिला उद्घमीकाे धारणा रहेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १ देखि १५ मा रहेर
उद्योग धन्दा संचालन गर्दै सफल महिला दिदिबहिनीहरूले गरेको उद्योग धन्दा त्यसको अवस्था बारे कार्यक्रममा पावर प्वाइन्ट बाट आयोजक सहभागीहरूलाइ जानकारी गराएका थिए ।

नेपाली मा‌‌‌ैलिक सास्कृति पर्व तीज केही बर्ष यता विकृति विसंगति तर्फ उन्मुख भइरहेको समयमा यहीँ तीज पर्वको अवसर पारेर समाजमा रहेका महिला दिदिबहिनीहरूलाई
प्रेरणा दिने उदेश्यले नगरपालिका भित्र आयआर्जन गर्ने पेशा ब्यवसाय गरिरहेका १५ जना महिला उद्यमीलाई एक‌‌ै ठाउँमा भेला गर्नुका साथै सम्मान गरेर नयाँ सन्देश दिएको छ यसलाई सबैले सकारात्मक रूपमा लिएका छन् ।