क्यान्सरका बिरामीलाई आर्थिक सहायताकाे लागि सम्झौता

-


     हिडन खबर    
     जेठ ३१ गते २०८१ मा प्रकाशित


पाेखरा /क्यान्सरका विरामीहरूका लागि आर्थिक सहायता प्रदान गर्ने गरी गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौ बीच जेठ ३० गते सम्झौता सम्पन्न भएको छ ।

प्रदेश सरकारका तर्फबाट सचिव डा. विनोद विन्दु शर्मा र निजामती कर्मचारी अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. विधान निधि पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हाे ।

गण्डकी प्रदेशका क्यान्सर बिरामीहरूले सम्झौता गरिएका सरकारी अस्पतालहरूमा उपचार गराउँदाका बखत संघीय सरकारबाट उपलब्ध हुने रू. एक लाख बराबरको आर्थिक सहायताका अलावा गण्डकी प्रदेश सरकारका तर्फबाट थप रू. एक लाख आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।

हालसम्म यसरी सम्झौता भएका अस्पतालहरू निम्न रहेका छन् निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं,बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर र भक्तपुर अस्पताल, भक्तपुरमा स्वास्थ्य सेवा उपलब्ध हुनेछ ।