नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजनामा आज पोखरा क्षेत्रका पर्यटकीय स्थल खोल्ने सम्बन्धमा सामूहिक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले विश्व पर्यटन बजार खुलिसकेका अवस्थामा पोखराका पर्यटकीय स्थल पनि स्वास्थ्य मापदण्ड पालना गर्दै खुलाउनुको विकल्प नभएको बताए । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई विस्तारै अघि बढाउनु अहिलेको आवश्यकता भएको बताउँदै पोखराका पर्यटकीय गन्तव्य खुल्ला गर्ने सम्बन्धमा छलफल राखिएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र युनडिपीको सहकार्यमा नाट्टाका तर्फबाट पोखराका पर्यटकीय…
पुरा पढौ