बैँक / वित्त

ग्लोबल आइएमई बैंकको २८९औ शाखा बलेवामा विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङ नगरपालिका १४ बलेवामा आफ्नो २८९औ शाखा विस्तार गरेको छ । सोमबार बलेवाको नारायणस्थानमा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षयक दयानिधी ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गर्नु भएको थियो । यस्तै एटीएम काउण्टरको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज… पुरा पढौ

बैंक तथा वित्तीय संस्थामा तरलता संकट: कर्मचारीलाई तार्गेट पुर्‍याउनेै सकस

नेपाली बजारमा आर्थिक संकट पैदा भएको झण्डै दुई बर्ष पुगिसकेको छ । अहिलेसम्म आर्थिक अभाव समाधान हुन सकेको भने छैन । यतिबेला बागलुङमा बैंक तथा बित्तिय संस्थामा जागिर गर्ने कर्मचारीहरू ठूलो टर्चरको सामना गर्दै आफ्नो जागिर गर्न बाध्य भएका छन् । जिल्लामा शाखा रहेको बैंकमा ग्राहकले पैसा जम्मा गर्ने क्रम ह्वात्तै घटेर गएपछि हरेक दिन बैंकका शाखा प्रवन्धक देखि अरू कर्मचारी घर घरमै पुगेर पैसा बचत गराउनका लागि धाइरहेका छन् । बागलुङ बजारमा ठूला ब्यापारी धेरै छैनन् भएका ब्यापारी कसैले… पुरा पढौ

सेञ्चुरी बैंकको स्थापना दिवसमा बिद्यार्थीलाई शैक्षिक सामग्री

सेञ्चुरी बैंकले आफ्नो स्थापनाको ११ बर्ष पूरा गरी १२ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बागलुङ सदरमुकाममा रहेको कालीका कन्या मन्दिर माध्यामिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत अधिकांस निम्न आय भएका अभिभावकका छोराछोरीले अध्ययन गर्ने बिद्यालयमा कक्षा ६ देखि ९ कक्षासम्म अध्ययन गर्ने ७६ जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सेन्चुरी बैंकका शाखा प्रवन्धक दीपक शर्माले बताए । कार्यक्रममा कालिका कन्या मन्दिर माध्यामिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भीमसेन कुमार श्रेष्ठले वित्तीय संस्थाले सामुदायिक… पुरा पढौ

कालिका मन्दिरमा अब क्युआर काेडबाट भेटी !

नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा आधुनिक बैकिङ्ग प्रणाली क्युआर कोड सुरु गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आवश्यकतालाई ध्यान दिँदै डिजिटल बैंकिङ प्रबिधि क्युआर काेडको सुरु गरिएको हो ।अब मन्दिरमा आउने भक्तजनहरुले दान दक्षिणा एवं भेटी क्युआर कोडको प्रयोग गरि चढाउन पाउने भएका छन् । प्रभु बैंक बागलुङ शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरि मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष लिलादेबि खड्कालाई क्युआर कोड हस्तान्तरण गरेको हो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले सरकारी तथा गैरसरकारी संघ… पुरा पढौ

शिव शिखर सहकारीले ल्यायो एटीएम सेवा !

बागलुङमा शाखा कार्यालय रहेको एक सहकारीले एटीएम सेवा सुरु गरेको छ । भक्तपुर जिल्लामा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बागलुङमा रहेको शाखामा एटीएम सेवा सुरु गरेको हो । फाल्गुन २ गते सोमबार एक कार्यक्रमका बीच बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल द्वारा एटीएम सेवाको उद्घाटन गरिएको हो । सहकारीमा आबद्ध ब्यक्तिहरुलाई सहज र सरल बैकिङ्ग सेवा दिने उदेश्य बागलुङमा एटीएम सेवा शुरू गरेको सहकारीका बागलुङ शाखा प्रमुख बिष्णु भुसालले बताए । भक्तपुरमा मुख्य कार्यालय रहेको सहकारी… पुरा पढौ

बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ?

बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले ब्याज घटाउन नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजदरलाई अपेक्षित सीमामा राख्न मद्धत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ । संस्थागत मुद्दती… पुरा पढौ

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा

काठमाडाैं, १ कात्तिक। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौकाे खुसिंबुमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै अब बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने बताइएकाे छ । बैकले ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख… पुरा पढौ

ब्याजदरमा बैंकहरूकाे चर्काे प्रतिस्पर्धा, मुद्दति निक्षेपमा दिए ११.६७ प्रतिशतसम्म ब्याज

काठमाडौं, १ कार्तिक। नेपाली बित्तिय बजारमा अहिले निक्षेपमा कसले बढी ब्याज दिने भन्ने प्रतिस्पर्धा चलेकाे छ । हिजाे र आज प्रकाशित बैकहरूकाे इन्ट्रेष्ट रेटकाे सूचनामा यस किसिमकाे प्रतिस्पर्धा देखिएकाे हाे । अहिले बैंकहरूमा देखिएकाे ब्याजदरकाे चर्काे प्रतिस्पर्धा हेर्दा आफ्नो भएकाे निक्षेप जोगाउन र अर्को बैंकको तान्नका लागि ब्याज बढाएकाे स्पष्ट देखिएकाे एक बैंकरले सफल आवाजलाइ बताए । नेपाल बैंकर्स संघको आइतबारकाे बैठकमा अध्यक्ष भुवन दहालले राष्ट्र बैंकको आग्रहलाइ मान्न बैंकरहरूलाइ अनुराेध गरेका थिए । ब्याज बढाएकै भरमा निक्षेप नआउने भन्दै ब्याजदर… पुरा पढौ