समाचार

दशैं तिहारका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट शुरू

काठमाडौं । नेपालीहरूकाे महान चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रीम टिकट छिट्टै खुलाउन सरकार र यातायात व्यवसायीहरु सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ । सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सुचारु… पुरा पढौ

एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट सुरु

५ असाेज काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित एस इन्सिटच्युट अफ म्यानेजमेन्ट कलेजकाे आयाेजनामा हुन गइरहेकाे नेपालको सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट राजधानीमा सुरु भएको छ । २८ सेप्टेम्बरमा भृकुटीमण्डपमा आयोजना हुने यस इभेन्टका लागि आजबाट विभिन्न १० वटा विधामा सव-इभेन्टहरु सुरु भएको हो । इन्टरटेन्टमेन्ट फोकस कार्यक्रम हो जसमा इन्डोर, आउटडोर, ग्रुप प्लस इन्डिभिज्युअल गरेर फरक-फरक प्रतिस्पर्धा हुने कार्यक्रमका मिडिया काेडिनेटर आभास राजभण्डारीले बताए । यस इभेन्टका लागि देशभरका कलेजबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन्… पुरा पढौ

गलत कदम चाल्दा सरकार सुरुवातकै चरणमा असफल: प्रचण्ड

काठमाडौं, ५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गर्नुभएको छ । नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको टिप्पणी गर्नुभएको हो । ‘नेपालबाट लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउन प्राविधिक र विज्ञताका हिसाबले त्यति ठूलो काम गरेर देशभरिका जनताको हृदयमा पसेको कुलमान… पुरा पढौ

बडादशैँकाे टीकाकाे  उत्तम साइत बिहान ११ः३६ बजे

५ असोज  काठमाडौं / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको विजया दशमीको टीकाकाे शुभसाइत असोज २६ गते शनिवार बिहान ११ः३६ बजेका लागि उत्तम भएको जनाएको छ । समितिले शुक्रवार सार्वजनिक गरेको बडादशैंको साइतको सूचना अनुसार असोज २६ गते बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको छ । समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार विजया दशमीको टीका लगाइ माग्ने व्यक्ति (प्रसाद ग्रहण गर्दा) पूर्वतर्फ फर्केर बस्नु पर्छ । यस वर्षको नवरात्र अर्थात बडादशैँ असोज १७ गते बिहीवारदेखि प्रारम्भ हुनेछ । समितिका… पुरा पढौ

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउँछौंः प्रचण्ड

काठमाडौं, ५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने हो भने अब आफूहरुले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताउनुभएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघले आज काठमाडौंमा गरेको राजनैतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन नै गर्ने हो भने अब यी एजेण्डामा गर्नुपर्ने बताउनुभयो । अहिले संविधानमार्फत जनताले पाएको अधिकार दलाल पूँजीपति, नोरशाह र माफियाहरुलाई नपचेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले अहिले कथित संविधान संशोधनका नाममा जनताका… पुरा पढौ

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं, ५ असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो गरी छिट्टै एकताबद्ध हुन आह्वान गर्नुभएको छ। सहिद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताउनुभयो। ‘हामीसँग हजारौं महान राष्ट्रिय सहिदहरु छन्, यो हाम्रो ठूलो शक्ति हो’– उहाँले भन्नुभयो– ‘माओवादी जतिलाई एकीकृत र केन्द्रिकृत गर्नेबित्तिकै त्यो तागत निकै… पुरा पढौ

प्रवासका नेपालीसंग प्रचण्डले भने, ‘माओवादीलाई बलियो बनाएर अबको चुनाव एक्लै लड्ने हो

असाेज ५ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनलाई बलियो बनाएर आगामी चुनाव एक्लै लड्ने बताएका छन् । आउने चुनावमा पहिलो पार्टी बन्न सम्भव रहेको बताउँदै प्रचण्डले पार्टीको अब बस्ने केन्द्रीय समितिले ठोस कार्ययोजना ल्याउने भनेका छन् । ‘हामी २०६४ को जस्तै अबको चुनावमा पहिलो शक्ति बन्नको लागि संगठन निर्माणमा जोड दिनुको विकल्प छैन’ नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास संगठन समितिसंग शुक्रबार भएको परामर्श बैठकमा प्रचण्डले भने, ‘अब बस्ने हाम्रो केन्द्रीय समितिले ठोस… पुरा पढौ

बागलुङमा चट्याङ लागेर मृत्यु

बागलुङ ,असाेज ५ बागलुङ जिल्लाकाे निसी खाेला गाउँ पालिका ३ मा एकजना ब्यक्तिकाे चट्याङ लागेर मृत्यु भएको छ । बागलुङ जिल्ला निसिखोला गा.पा.वडा नम्बर ३ किटनी बस्ने सुजन बुढाको श्रीमती बर्ष २४ की रजना बुढा आफ्नै घर भित्र बसिरहेको अवस्थामा अचानक चट्याङ परी घर भित्र नै मृत्यु भएको हाे । घटना घटेको लगत्तै इलाका प्रहरी कार्यालय झिवाखोला बाट प्रहरी हवल्दार केशब बुढाथोकीको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ । थप अनुसन्धानकाे लागि इलाका प्रहरी कार्यालय बुर्तीबाङ… पुरा पढौ

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौ, ४ असोज । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ। बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र यूरोप  तथा अमेरिकाका विभिन्न देशमा रहेका प्रवास प्रदेश समितिमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरु सहभागी रहनुभएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश परामर्श बैठकको अन्तिम चरणमा आएकाले अब केन्द्रीय समितिको बैठकको तयारी लाग्ने बताउनुभयो । सबै प्रदेशको परामर्श बैठक सकिदा पार्टी र जनतामा नयाँ उत्साह पैदा भएको उल्लेख… पुरा पढौ

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः प्रचण्ड

काठमाडौं, ४ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताउनुभयो । उहाँले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने बताउनुभयो । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र बिपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन… पुरा पढौ