समाचार

सर्वसिद्धी मिडिया प्रालिका अध्यक्ष राजभण्डारी खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत

सर्वसिद्धी मिडिया प्रालिका अध्यक्ष तथा बागलुङ अग्रज पत्रकार राजभण्डारी श्री टीका धन खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको साधारणसभाको अवसरमा राजभण्डारी पुरस्कृत हुनु भएको हो । नेपाल पत्रकार महासंघको १३ औ साधारणसभामा गण्डकी प्रदेशका पर्यटन उद्योग तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङका समाजसेवी मित्र लाल खरेलले स्थापना गरेको श्री टीका धन खोज पत्रकारिता पुरस्कारबाट पत्रकार राजभण्डारी लाई नगद १० हजार र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । राजभण्डारी सर्वसिद्धी मिडिया प्रालिद्वारा सञ्चालित हिडन… पुरा पढौ

सिवाइसी साकोसको १३ औं वार्षिक साधारण सभा सुरु,२५ सेवा केन्द्रमा इकाईगत साधारण सभा हुँदै

बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सुरु भएको छ । बागलुङ बजारमा प्रधान कार्यालय रहेको सहकारीले २५ वटा सेवाकेन्द्रबाट इकाईगत रूपमा १३ औं साधारण सभा गर्न सुरु गरेको हो । शुक्रबार र शनिबार बागलुङका विभिन्न नगर तथा गाँउपालिकामा रहेका १६ वटा सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएका छन् । साधारण सभामा केन्द्रीय सचिव जयराम भारी र कोषाध्यक्ष सितादेवी सापकोटा कँडेलको प्रगति तथा आर्थिक प्रतिवेदन पेष गरि छलफल गरिएको थियो ।… पुरा पढौ

हुक्का सेवनको भ्रम र वास्तविकता

आजभोलि हुक्का सेवन युवा-युवतीमा अत्यन्त्यै लोकप्रिय छ। चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन्। आजकाल त झन् रेष्टुरेन्ट र बार गएपछि हुक्का सेवन गदै सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रवृत्ति फेसन जस्तै छ। जसले बालबालिकाको सोचाईमा असर पारेको छ। कतिपय समाजमा त झन् हुक्का सेवनलाई प्रोत्साहन गरिन्छ। तर यथार्थ फरक छ, एक पटक हुक्का सेवन गर्नु भनेको १० देखि १५ खिल्ली चुरोट सेवन गर्नु जस्तै हो। एक घण्टा हुक्का सेवन… पुरा पढौ

बागलुङ बजारका सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन सुरु

बागलुङ नगरपालिकाले बजारका सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन सुरु गरेको छ। बढ्दो सवारी साधनको चापले बजार क्षेत्र साँघुरो तथा अव्यवस्थित र कुरुप भएको स्थानीयको गुनासो आएपछि नगरपालिकाले हटाउन सुरु गरेको हो । नगरले पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर उपप्रमुख राजु खड्काको नेतृत्वमा नगरपालिकाको टोलीले अव्यवस्थित सामग्रीहरु हटाउन सुरु गरेको छ । सडकपेटीमा राखिएका निर्माण र व्यापारीक सामग्रीका कारण पैदलयात्रु तथा सवारी आवत जावतमा समस्या हुने गरेको छ । नगरपालिकाले सूचना जारी गरी… पुरा पढौ

४२ लाखको लागतमा बागलुङ नगरपालिका ४ पाखाथरमा लिफ्टिङ खानेपानी आयोजना

बागलुङ नगरपालिका ४ पाखाथरमा करिव ४२ लाखको लागतमा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । बागलुङ नगरपालिका र स्थानीयको आर्थिक सहयोगमा पाखाथर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेको लिफ्टिङ खानेपानी आयोजनाको सोमबार उद्घाटन गरिएको छ । आयोजनाको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का,बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटा, वडा नम्वर ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, नगर कार्यपालिका सदस्य धनमाया शर्माले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख राजु खड्काले बस्तीदेखि… पुरा पढौ

बागलुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी निर्वाचित भएका छन् । केसील २१ हजार ४ सय ५१ मत पाउँदा नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गरेका छन् । केसीले २ हजार ६ सय २६ मतको अग्रतासहित जित हात पारेका हुन ।यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल तेस्रो भएका छन् । उनले ९ हजार १ सय ८१ मत प्राप्त गरेका छन् । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद सापकोटाले ९ सय ३ मत, नेपाली कांग्रेस विपिका… पुरा पढौ

बागलुङमा केसी र पौडेलको अग्रता कायमै

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।यसै क्रममा गण्डकी प्रदेशको बागलुङ जिल्लाको प्रतिनिधि सभा निर्वाचनकाे दुवै क्षेत्रमा गठवन्धनका उम्मेदवारहरुले निरन्तर अग्रता लिइरहेका छन् । मंगलबार बिहान सम्मको मत गणनाको तथ्यांकअनुसार क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चा अध्यक्ष समेत रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चित्रबहादुर केसीले ३२३ मतान्तरले अग्रता लिइरहेका छन् । केसीले २ हजार ५ सय १६ मत प्राप्त गर्दा एमालेका सुर्य पाठकले २ हजार १ सय ९३ मत सहित केसीलाई पछ्याइरकेका छन भने… पुरा पढौ

मुस्ताङका तीनै सीटमा नेपाली कांग्रेसका उम्मेदवार विजयी, एमाले नील

मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजित गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए । प्रदेश सभा (क) मा कांग्रेसका नाम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजित भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७… पुरा पढौ

बागलुङका दुबै क्षेत्रमा मतगणना सुरु

बागलुङ जिल्लाको दुबै क्षेत्रको मत गणना सुरु गरिएको छ ।क्षेत्र नम्बर १ को जिल्ला समन्वय समितिकप सभाहलमा र २ को ढोरपाटन नगरपालिका-२ को निर्वाचन अधिकृतको कार्यालय रहेको नयाँ शहरी आयोजनाको भवनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । क्षेत्र नम्बर १ मा बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाबाट गणना सुरु गरिएको छ भने २ को ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाबाट सुरु गरिएको निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए । जनताद्वारा जनप्रतिनिधि चुन्ने यो महान अवसर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न… पुरा पढौ

बडिगाड क्षेत्रमा आज न्वागी खाने दिन

आज मंसिर ५ गते अर्थात् न्वागी खाने दिन । बागलुङको बडिगाड गाउँपालिका तथा गुल्मीको मुसिकोट नगरपालिका क्षेत्रमा आज नयाँ धानबाली भित्र्याएको उपलक्ष्यमा न्वागी खाएर मनाइएको छ । नयाँ चामलमा दही, केरा, सिलाम तथा चिनी मिसाएर न्वागी खाने यो परम्परा निकै पुरानो हो ।यस वर्षको न्वागी खाने साइत ९ बजेर ३१ मिनेटमा परेको बडिगाड गाउँपालिका-५ ग्वालीचौरका वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो । ज्योतिषीले निकालेको शुभमुहूर्तमा उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुवात हुने अध्यक्ष आचार्यको भनाइ रहेको छ । पुरा पढौ