समाचार

कालीका गुठी ब्यवस्थापन समितिकाे मंसिर महिनाको हिसाब सार्वजनिक

बागलुङ / देशका धेरै संघसंस्थाहरूले आफ्नो हिसाबकिताब सार्वजनिक नगरिरहेकाे समयमा नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब मासिक रूपमा सार्वजनिक गर्दै आएको छ ।कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे । २०८० मंसिर महिनामा कर्मचारी तलबमा ३ लाख ८ हजार १ सय ८४ ,बिधुत महसुस २२ हजार ७ सय १६अतिथि सत्कारमा ७९ हजार ,आर्थिक सहयोग ६५ हजार ,पुर्वाधार विकास निर्माण ५… पुरा पढौ

साताै बागलुङ महाेत्सवकाे तयारी

बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुसको दोस्रो साता देखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी थालिएको छ। बागलुङ उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गरि महाेत्सवकाे बारेमा जानकारी गराएका थिए । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गते सम्म संचालन हुने महोत्सवले पर्यटन प्रवर्द्धन हुने आशा गरिएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेलले बताए । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि… पुरा पढौ

बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’को टिजर

काठमाडौं, २ पुस । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । आज विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको छ । फिल्मको पोष्टर र गीतले दर्शकको राम्रो साथ पाइसकेको छ । सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्धन्द्ध देख्न सकिन्छ । टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई… पुरा पढौ

रेडक्रस द्वारा नाटकको प्रशिक्षण शुरू

बागलुङ / नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाकाे आयोजना क्यानेडियन रेडक्रसकाे सहयोगमा संचालितसमुदायमा आधारित स्वास्थ परियोजना मार्फत नेपाल रेडक्रसका स्वयंसेवकहरूलाइ ६ दिने कचहरी नाटक प्रदर्शनी तालिम शुरू भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा ,नेपाल रेडक्रस साेसाइटीका निर्वतमान सभापति जब्बर बहादुर लामिछाने ,नेपाल रेडक्रस साेसाइटीका उपसभापति राजेन्द्र आचार्य ,तालिम संयाेजक जीवन श्रेष्ठ ,रेगुनाथ याेगी ,लगायतका बक्ताहरूलेआआफ्नो धारणा राखेका थिए । नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्यको सभापतित्वमा भएको कार्यक्रम संचालन काेषाध्यक्ष जीवन नाथ शर्माले… पुरा पढौ

चन्द्रागिरिमा धिमे बाजाकाे प्रशिक्षण सम्पन्न

काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानमा श्री सिद्धी गणेश धिमे ख:लले विद्यार्थीहरुको ,धिमे बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।अहिले आधुनिक पुष्ठाका बिद्यार्थी लाई पुरानो कला संस्कृति संग जाेड्ने उदेश्यले धिमे बाजा बजाउन सिकाउनका लागि तालिम आयोजना गरिएको खलले जनाएको छ । ३ महिनासम्म संचालन भएको तालिममा २२ जनाकाे सहभागीता रहेको श्री सिद्वि गणेश धिमे खलका अध्यक्ष मानदास महर्जनले बताए । पुरा पढौ

२२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना, कोरोनाको लकडाउनमा राम्रैगरी बिउँझियो । मोबाइलको क्यामरा अगाडि उभिएर थुप्रै भूमिकाहरुको र अभिनयका नवरसहरुमा आफूलाई नियाले । घरी नक्कल उतारे, घरी आफैलाई जगाए। टिकटकमा थुप्रै भिडियो बनाए र ड्राफ्टमा थुपारे। उनको यो हर्कतले पत्नी र छोरा त दिक्दार नै भए। छोराको हातमा क्यामरा थमाउँदै खिच्न सहयोग माग्दा बाबुको हर्कतका कारण हैरान छोराले  मुखै फोरेर दिक्दारी पोख्यो – ओ ड्याड कम अन । ‘चित्रा’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्न लागेका अधिकारीले आफ्नो अभिनयको उत्कठ चाहाना ‘सिनोप्सिस’ सुनाए। त्यसो त उनी ‘आमा’, ‘घर’ लगायतका सिनेमाका निर्मातामध्येका एक हुन्। निर्माताको अनुभवपछि उनी अभिनयको परिक्षा दिन तयार भएका छन्। पुस २९ गते ‘चित्रा’ रिलिज हुँदैछ। फिल्मलाई लिएर उनी उत्साहित छन्। डबिङ्मा आफूलाई पर्दामा हेर्दा दंग परेका उनले यो फिल्मबाट राम्रै आशा राखेका छन्। उनको यही फिल्म र उनको डेब्यू यात्राका बारेमा कुरा गर्दा उनी यस्तो सुनिए-

'चित्रा'को मनपरेको कुरा के हो?- कन्टेन्ट। चित्रमा जुन तपाईंले निर्वाह गर्नु भएको पात्र छ, त्यो पात्रलाई कसरी न्याय गर्नसक्छु जस्तो लाग्यो?- यो एउटा बाबुको भूमिका हो, जसका सन्तानहरु छन्। म आफै पनि एउटा बाबु हुनुको नाताले यसको भावना राम्ररी बुझ्छु। पर्दाभित्र र बाहिरको बाबुमा के फरक हुन्छ नि?- पर्दामा पनि वास्तविक जीवनका भोगाइहरुलाई नै प्रस्तुत गर्ने हो, केही संशोधनसहित । त्यसैले त्यसले बोक्ने भावनामा उतिसारो फरक छैन ।   यसका लागि केकस्तो तयारी गर्नुपर्‍यो?- व्यापकचाँहि नभनूँ। जीवनले धेरैकुराहरु सिकाएको छ,… पुरा पढौ

जेष्ठ नागरिक लाई देश दर्शन

काठमाडौ / चन्द्रागिरि नगरपालिका आयोजनामा जेष्ठ नागरिकहरूलाई देश दर्शन कार्यक्रम सम्पन्न भएको छ। धार्मिक सांस्कृतिक पर्यटकीय केन्द्र भक्तपुरकाे पन्च महालक्ष्मी मन्दिर जेष्ठ नागरिक देश दर्शन गरिएको हो।   चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ काे आयोजना गरिएकाे देश दर्शन समापन समारोहमा देश दर्शनमा सहभागि जेष्ठ नागरिकलाई भक्तपुरमा रहेको पन्चमहालक्ष्मीमन्दिरको अवलोकन गराउने काम गरेको वडा अध्यक्षसन्जय सिग्देलले बताए । ज्येष्ठ नागरिक देश दर्शन उत्साहजनक रहेको बताएका छन्। एक दिने ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रममा सहभागी भएका ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रम आगामी… पुरा पढौ

नेपाली कांग्रेस क्षेत्र नम्वर १ बागलुङ र जनसम्पर्क समिति कान्साई जापान विच अन्तरक्रिया

नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नम्वर १ बागलुङले प्रवासमा रहेका नेता तथा कार्यकर्ताको अवस्थाबारे अन्र्तक्रिया गरेको छ । क्षेत्रिय समितिको आयोजनामा मंगलबार नेपाली कांग्रेस जनसम्पर्क समिति (ओसाका) कान्साई जापानका सभापति इन्द्र सुवेदी सँग अन्तरक्रिया तथा छलफल भएको हो । सो अवसरमा बोल्दै वरिष्ठ अधिवक्त पद्यमनाथ शर्मा पौडेलले नेपालमा प्रजातन्त्र जोगाउने पार्टी नेपाली कांग्रेस भएको भन्दै कांग्रेसमा प्रजातान्त्रीक शक्ति वढाउनुपर्ने बताउनु भयो । नेपाली कांग्रेस जनसम्पर्क समिति (ओसाका) कान्साई जापानका सभापति इन्द्र सुवेदीले नेपाली कांग्रेस जनसम्पर्क समन्वय विभागसँग समन्यव गरि पार्टीको… पुरा पढौ

बडिगाडका अग्नि पिडितलाई थानपति जापान सम्पर्क समितिको सहयोग

बडिगाड गाउँपालिका-५ दाँग फेँदीका आगलागी पिडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बागलुङको बडिगाड क्षेत्रमा जन्मिएर रोजगारी तथा अध्ययनको सिलसिलामा जापानमा रहेका युवाहरूको एकतामा गठित थानपति जापान सम्पर्क समितिले आगलागी पिडित देविराम घिमिरेको परिवारलाई राहत रकम हस्तान्तरण गरेको हो । बडिगाड गाउँपालिका वडा नम्बर-५ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्यको उपस्थितिमा पिडितकै घरमा पुगेर नगद २० हजार हस्तान्तरण गरेको समितिका सह-कोषाध्यक्ष झविन्द्र घिमिरेले बताउनुभयो । राहत रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष आचार्यले प्रदेशमा दुख गरेर कमाएको रकम गाँस काटेर… पुरा पढौ

टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ ।

नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । सिरियलमा किशोर खतिवडा, काजल भुजेल, जानुका वीके, सपना श्रेष्ठ, कृष्ण खड्का, शुभम गौतम, मोहन भण्डारी, श्रद्धा कँडेल, एकराज थापा, करिश्मा खतिवडा, नविन घिमिरे, दुर्गेश थापा, अनिता श्रेष्ठ, सुशील थापा, धर्मराज फुँयाल, शशिला फुयाल, डेन्जर दादा, सिता कार्की र टुपीको अभिनय छ । सिरियलमा पुर्ण स्वायोगको पाश्र्व संगीत र सबटाइटल, वीरेन्द्र परियारको छायांकन, चेतन सामतको सम्पादन,… पुरा पढौ