समाचार

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन

काठमाडौँ, २३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ । महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कानुनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्र्दै प्राप्त सुझावलाई सरकारले गम्भीररूपमा लिएर अगाडि बढाउने बताउनुभयो । प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र फौजदारी कसुर… पुरा पढौ

सेनाको अगुवाइमा पर्वतमा प्रदेश स्तरीय संयुक्त बृहत विपद् प्रतिकार्य नमूना अभ्यास सम्पन्न

नेपाली सेनाको नं।२३ वाहिनी अड्डा बागलुङको आयोजनामा पर्वतको मोदी गाउँपालीका २ वेतनीमा प्रदेश स्तरीय संयुक्त बृहत विपद् प्रतिकार्य नमूना अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाको २३ नम्बर बाहिनी बागलुङ श्रीमेहर गण सहितका विभिन्न गणले पर्वतको मोदी गाउँपालिकाको बेतीनीमा विपत प्रतिकार्य योजना अनुसार विपत उद्दार सम्बन्धी घटना अभ्यास गराएका हुन। नेपाल प्रहरी, सशष्त्र प्रहरी बल र स्थानीयको साथ लिएर सेनाले विभिन्न १० प्रकारका अभ्यास गराएको हो ।पर्वतको मोदी गाउँपालिकाको बेतीनीमा आयोजित कार्यक्रममा सेनाले बाढी पहिरो, आगलागी, विद्युत सर्ट, नदी तालमा… पुरा पढौ

किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण

बागलुङ / सामाजिक विकास कार्यालय बागलुङको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर स्थित तेक्वान्दो संघको हलमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी ३ दिने तालिम सम्पन्न भयो । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुबेदी, प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेल, शिक्षा विकास तथा समन्वय ईकाई बागलुङका प्रमुख युक्त प्रसाद शर्मा, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख कृष्णहरि आचार्य, प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवाल, शितोरियो कराते प्रशिक्षक द्वय कृष्ण प्रसाद कंडेल र महेन्द्र खड्का लगायत प्रहरी कर्मचारीहरुको उपस्थितीमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी ३ दिने तालिम दिइएको… पुरा पढौ

बागलुङको पञ्‍चकोट प्रहरी चाैकी पहिरोले क्षती

बागलुङ असार २२ बागलुङ बागलुङ नगरपालिका वडा नम्बर ६ पञ्‍चकोट स्थित प्रहरी चाैकी पञ्‍चकोट माथी रहेको पञ्‍चकोटधाम मन्दिर जाने बाटो (सिंडी) मा लगाएको पर्खाल अविरल वर्षाको पहिरो गई भत्किन जाँदा प्रहरी चाैकिकाे ४ कोठे कच्ची भवनको ३ वटा कोठाहरु पुरिईन गई  क्षती हुन पुगेको छ  । चौकीमा कार्यरत प्रहरीहरु सबै सुरक्षित रहेको, मानविय क्षती नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी विजय यादवले बताए । घटना घटे लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेल को कमाण्डमा-१० जनाको टोली… पुरा पढौ

बागलुङको गलकोटमा एक पुरुष मृत फेला 

बागलुङ ,असार २२ बागलुङको गलकोट नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।  गलकोट नगरपालिका वडा नम्वर ३ बोहोराफाँटका ५४ वर्षिय धन बहादुर बोहोराको शव आज १२ः४५ बजे मृत अवस्थामा फेला परेको हो ।  गलकोट नगरपालिका वडा नम्वर ३ को छहरेखोलामा मृतक बोहोराको शव फेला परेको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।  स्थानियले छहरेखोलामा बोहोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।   पुरा पढौ

एल पी ग्यास विक्रेता संघ बागलुङको अधिवेशन सम्पन

बागलुङ / एल पी ग्यास विक्रेता संघ बागलुङको तेस्रो अधिवेशन तथा छैठौं साधारणसभा बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले हरी प्रसाद अचार्यकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सनिबार बिहान बागलुङमा भएको अधिवेश उपाध्यक्षमा नरिश्वर उपाध्याय ,सचिवमा राजु गौतम,सह–सचिवमा कृष्ण बहादुर क्षेत्री ,कोषाध्यक्षमा राज कपुर श्रेष्ठ सहितको ९ सदस्य समिति सर्वम्वत रुपममा चयन गरेको हो । नयाँ पदाधिकारीलाई एक कार्यक्रमको आयोजना गरेर प्रमाण–पत्र वितरण गरिने निवर्तमान सचिव भिम बहादुर केसीले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र… पुरा पढौ

मध्यपहाडी लाेकमार्ग र कालीगण्डकी काेरीडाेर अबरुद्ध

बागलुङ /अबिरल रूपमा परेको बर्षाकाे कारण बागलुङ जिल्लाका दुईवटा मुख्य राजमार्ग अबरोध भएको छ ।शुक्रबार देखि परिरहेको ठूलो पानीको कारण मध्यपहाडी लाेकमार्ग र कालीगण्डकी काेरिडाेर सडक पहिरोको कारण सडक अबरुद्ध भएको हाे । बागलुङ जिल्ला बडीगाड गाउँ पालिका वडा नम्बर ६ र ७ को सिमाना भिमगिठ्ठे स्थित मध्यपहाडी लोकमार्ग माथिबाट पहिरो आई सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए । यस्तै शुक्रबार देखि लगातार रूपमा भएको बर्षाले बागलुङ दक्षिण क्षेत्र जैमिनी नगरपालिका वडा नम्बर ५… पुरा पढौ

प्रकाशको उडान ः रुफटपदेखि किङ्सबेरीसम्म

झापा / पर्यटन आर्थिक क्षेत्रको एउटा महत्वपूर्ण पाटो हो । विश्वका धेरै मुलुकका लागि पर्यटन दिगो विकासको महत्वपूर्ण अंग बनेको छ । विश्वका कैयौं मुलुक पर्यटन उद्योगको विकास गरेर दिगो विकास हासिल गर्न सफल भएका छन् । पर्यटनले आर्थिक गतिविधि बढाउन मद्दत गर्नुका साथै भुक्तानी सन्तुलन, रोजगारी सिर्जना, आम्दानी तथा उत्पादन बृद्धिजस्ता विभिन्न आर्थिक पक्षमा सकारात्मक प्रभाव पार्छ । नेपाल पर्यटनको अपार संभावना भएको मुलुक हो । नेपालको तराई, पहाड र हिमालका बेग्लाबेग्लै हावापानी, रहनसहन, रीतिरिवाज, परम्परालाई पर्यटनसँग जोडेर यी भूगोलका… पुरा पढौ

असार २८ गते प्रधानमन्त्री प्रचण्डले बिश्वासकाे मत लिने

काठमाडौं / सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते, शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाइएको छ। नेपाली कांग्रेस र एमाले बिच नयाँ सत्ता समिकरण भइ प्रधानमन्त्री दाहाललाई राजीनामा दिन दबाब दिइरहेको बेला प्रधानमन्त्री दाहालले असार २८ गते शुक्रबार संसदमा बिश्वासकाे मतकाे लागि तयार भएका हुन् । पुरा पढौ

विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं: प्रधानमन्त्री

असार २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य ज‍ोखिमको न्यूनिकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। सो क्रममा प्रधानमन्त्रीले नेपाल प्राकृतिक बिपत्तिको उच्च ज‍ोखिमयुक्त देश भएकालेे तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, "राजनीतिमा उतारचढाव भइरहन्छ। तर, सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन।… पुरा पढौ