समाचार

न्याय सार्वभौमिक र सबैको लागि समान हुन आवश्यक छ पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

बागलुङ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्याय कसैको नीजि विषय नभएको बताउनु भएको छ । बागलुङको धार्मिक तथा पर्यटकीय स्थल पञ्चकोटमा संचालित अनन्त श्री ब्रम्हाण्डीय महायज्ञको छैठौं दिन आयोजित राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्दती कार्यान्वयन सम्मेलनमा बोल्दै श्रेष्ठले यस्तो बताउनु भएको हो । श्रेष्ठले न्याय केवल व्यक्तिको लागि मात्र नभई प्रकृति र जलचर, प्राकृतिक सम्पदाहरुलाई आवश्यक रहेको भन्दै न्याय मान्य र न्याय दिने विच क्षेमताको कुरा गर्न नहुने बताउनु भयो । श्रेष्ठले न्याय सार्वभौमिक हुनु आवश्यक रहेको र सबैको लागि समान… पुरा पढौ

“द रोड अहेड” को सिजन टु मा मनोज गजुरेल बागलुङ आउने

बागलुङ / यहि फागुन २१ गते बागलुङ बजारमा “द रोड अहेड” को सिजन टु हुने भएको छ । एजी ईन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल को संयोजनमा कार्यक्रम हुन लागेको बागलुङमा पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराइएको हो । आम जनमानस बिशेष गरेर युवा बर्गलाई लक्षित गरेर आयोजना गरिएको ‘द रोड अहेड’ ईभेन्टमा तनाव व्यवस्थापन र भविष्यको योजना कसरी बनाउने भन्नेबारेमा परामर्ष गरिने भएको छ । ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन सर्भिस बागलुङ शाखाका निर्देशक ओमकार पौडेलका अनुसार “द रोड अहेड”… पुरा पढौ

रूसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिए: राष्ट्रपति जेलेन्स्की

भोलोदोमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका छन् । युक्रेनी राष्ट्रपतिले रुसी सैन्य योजनालाई सहयोग पुग्ने भएकाले घाइतेको संख्या भने नदिने बताएका हुन् । सामान्यतया, युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक गर्दैनन् र अन्य अनुमानहरू धेरै उच्च छन्। रक्षा मन्त्रीले युक्रेनका लागि सबै पश्चिमी सहायताको आधा ढिलाइ भएको प्रतिक्रिया दिएपछि जेलेन्स्कीको यो भनाई आएको हो। जेलेन्स्कीले आइतबार रूसले दाबी गर्दै आएको तथ्याङ्कको प्रतिक्रियामा अद्यावधिक गरिएको मृतकको संख्या प्रदान गरिएको बताए । युद्धमा भएको व्यापक क्षतिको बारेमा बोल्दै… पुरा पढौ

सवारी ज्यान कसुरमा संलग्न ब्यक्ति पक्राउ

बागलुङ / जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाकाे ताराखाेला गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २४ का अरूण बुढाथोकीले चलाएको ध १ त ३९४ नम्बरको ट्याक्टर हटीया ताराखाेलाकाे कच्ची सडकमा दुर्घटना हुदा१८ बर्षका रेशम भनिने खिमबहादुर विक घाइते भइ उपचारको क्रममा मृत्युु भएको उक्त घटनाका चालक फरार रहेकोमा प्रहरीले पक्राउ गरेको छ । चालक बुढाथोकी लाइ पक्राउ गरि सम्मानित जिल्ला अदालत बागलुङमा म्याद थप गरि सवारी ज्यान कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताउनु भयो । पुरा पढौ

प्रहरी प्रमुख ऋषिराम कडेलकाे स्वागत तथा पदभार ग्रहण

बागलुङ / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर मानवश्रोत व्यवस्थापन महाशाखाबाट जिल्ला प्रहरी कार्यालय बागलुङमा सरुवा भई हाजिर हुनु भएका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले पदभार ग्रहण गर्नु भएको छ । प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएका प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुले पुष्प गुच्छा सहित स्वागत गर्नु भएको थियो । स्वागत तथा पदभार ग्रहण पश्चात सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई शान्ती सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न र संगठनको मुल्य मान्यतालाई आत्मसाथ गरी त्रुटि रहित तवरले कार्यसम्पादन गर्न निर्देशन… पुरा पढौ

राेटरी क्लब अफ बागलुङकाे सहयोग मानसेवा आश्रमलाइ

बागलुङ / राेटरी क्लब इन्टरनेशनल अन्तर्राष्ट्रिय स्थापना भएको ११९ आ‌ैं स्थापना दिवसकाे अवसरमा राेटरी क्लब अफ बागलुङले मानव सेवा आश्रम बागलुङकाे सेवालाई थप सहज बनाउनका निम्ति खाधन्न तथा सरसफाइ सामाग्री एक कार्यक्रम बिच हस्तान्तरण गरियो । राेटरी क्लब अफ बागलुङका अध्यक्ष दीपेन्द्र घिमिरे पुर्व अध्यक्ष लक्ष्मी जिसी कार्की , लगायतका बक्ताहरूले आफ्नो क्लबकाे स्थापना अबसरमा फरकफरक संघसंस्थालाइ सहयोग गर्ने गरेकोमा यसपटक मानव सेवा आश्रमलाइ सहयोग गर्न पाउदा खुशी लागेको धारणा राखेका थिए । मानवसेवा आश्रम परिवारकाे तर्फबाट राेटरी क्लब अफ… पुरा पढौ

डिजेल गाडीको बाेलकाे गीत सार्वजनिक

काठमाडौं / गायक विज्ञान न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी बोलको गीत सार्वजनिक भएको छ । नेपमेलो र गायक विज्ञान न्यौपानेको संयुक्त प्रस्तुति रहेको गीतमा शब्द लय र म्युजिक प्रोडक्सन समीर आचार्य र नेपमेलो स्टुडियो को रहेको छ । शनिबार नेपमेलो युटुयुव च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा देवेन्द्र बब्लु र करिष्मा ढकालको जोडीलाई देख्न सकिन्छ । भिडियो सान थापाले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । पुरा पढौ

सप्ताह व्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरू

बागलुङ / देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो । दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य छ । २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने भएको छ । तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका… पुरा पढौ

काँठेखाेला ४ तंग्राममा जेष्ठ नागरिककाे अधिकार बारे छलफल

बागलुङ / काठेखोला गाउपालिकाको अायोजनामा तंग्रामको वडा कार्यालयमा "ज्येष्ठ नागरिकहरुको अधिकार साथै सम्मानित जीवनका लागि सरोकारवालाका बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा वडा नम्बर ४ वडा अध्यक्ष लक्ष्मण पुनलेकार्यपत्र प्रस्तुत गर्नुभएको थियो । काँठेखाेला गाउँ जेष्ठ नागरिक तथा महिला शाखाका कर्मचारी रश्मी पाैडेलले स्वास्थ उपचार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।काँठेखाेला ४ तंग्राममा करिब ५ सय जना जेष्ठ नागरिक रहेका छन् । कार्यक्रममा सहभागी भएका जेष्ठ नागरिकको स्वास्थ जाँच गणेश प्रसाद शर्मा स्वास्थ चाैकी प्रमुख गणेश प्रसाद शर्माले… पुरा पढौ

नायीका एलिजा गाैतम र नायक निश्चल खड्काकाे नयाँ फिल्म

काठमाडौं / निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छिन् ।समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन् । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी छिन् । आगामी बैशाख भित्रै छायांकन सुरु गर्ने गरि तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले गरेको छ । लभ स्टोरी क्र्रइम थ्रिलर रहने फिल्ममा  समुद्रकै कथा रहने छ । अनुराग फिल्मबाट डेब्यु गरेकी एलिजाले… पुरा पढौ