अर्थतन्त्र

पानी नपरेपछि अखण्ड किर्तन

बागलुङ नगरपालिका वडा नम्बर ३ र ४ का किसान तथा भक्तजनहरुले लामाे समयसम्म पनि पानी नपरेका कारण मंगलबार बिहान ८ बजेदेखि भगवानका नाममा अखण्ड किर्तन लगायका छन। लामाे समयसम्म आकाश बाट पानी नपरेको कारण खेती किसानी गर्ने किसानलाई खेती गर्न सकस भएपछि पानी पार्नकाे लागि अखण्ड किर्तनकाे साहारा लिने पुरानो परम्परा अनुसार भगवानकाे नाममा भजन किर्तन गरेको स्थानीयकाे भनाइ छ । किर्तनमा बागलुङ बजार तथा आसपासका क्षेत्र बाट समेत भक्तजनकाे उपस्थित रहेकाे थियो । लामो समयसम्मकाे खडेरीकाे मारमा परेका किसानहरू… पुरा पढौ

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताउनुभएको छ । एक सय ३५ औँ संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा श्रमिक र मजुरहरूको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताउनुभयो । “मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भविष्यमा न्यूनतम… पुरा पढौ

कालीका भगवती गुठीको चैतमहिनाको हिसाब सार्वजनिक

बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गरेको छ । कालिका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले हरेक हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत चैत महिनामाकाे आम्दानी खर्चको हिसाब सार्वजनिक गरेको हाे  । कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकमा चैत महिनामा ३७ लाख ९२ हजार २ सय ९ रूपैयाँ आम्दानी र खर्च तर्फ ३७ लाख ५४ हजार ८ सय ८० रूपैयाँ भइ ३७ हजार ३ सय २९ रूपैयाँ बचत भएको हिसाब अनुमाेदन गरेको छ । चैत महिनामा कालीका मन्दिर बाट भेटि बापत २३… पुरा पढौ

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्दै नेपाल

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताउनुभएको छ । मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आज उद्घाटन गर्दै प्रधाननमन्त्री प्रचण्डले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको बताउनुभयो । “उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत्… पुरा पढौ

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन आह्वान गर्नुभएको छ । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताउनुभयो । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिनुभयो । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको… पुरा पढौ

थ्री जिराे क्लबकाे प्रथम सम्मेलन बागलुङमा सम्पन्न

बागलुङ/सिवाईसी बचत तथा ऋण सहकारी संस्था, सिवाइसी नेपाल र सिवाईसी लघुबित्तले गठन गरेका थ्रि जिरो क्लबहरुको प्रथम सम्मेलन बागलुङ सदरमुकाममा शनिबार सम्पन्न भएको छ । शुन्य गरिबी, बेरोजगारी र शुन्य कार्वन उत्सर्जन गर्नका लागि युवा परिचालन गर्न शुरु गरिएका थ्रि जिरो क्लबका पदाधिकारीको सम्मेलन गरिएको सिवाईसी नेपाल चारतारे युवा क्लवका अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिए । केही महिना अघिदेखि शुरु भएको यो अभियानलाई तीब्रता दिएर १५ बर्षदेखि ३५ बर्षका युवालाई उत्पादनमा जोड्ने लक्ष राखिएको अध्यक्ष शर्माले बताए । कार्यक्रममा स्वाभलम्वन… पुरा पढौ

कालीका भगवती मन्दिरमा चैते दशैकाे अबधिमा ४० लाख भेटी संकलन

बागलुङ नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर बागलुङमा ऐतिहासिक चैते दशैकाे अवसरमा ४० लाख ७२ हजार ५ सय ५८रूपैयाँ भेटी संकलन भएको छ । मन्दिरमा पुजा गर्न आएका भक्तजनबाट चैते दशैकाे ९ दिनको अवधिमा मन्दिर दर्शन गर्न आएका श्रद्धालु भक्तजन बाट उक्त भेटी संकलन भएको कालीका गुठी ब्यवस्थापन समितिका काेषाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । कालीका मन्दिरमा चैते दशैकाे पहिलो दिन ५ लाख ९९ हजार ८० रूपैयाँ दाेस्राे दिन २ लाख ८७ हजार ३० रूपैयाँतेस्रो दिन २ लाख ४७… पुरा पढौ

कलाकार एलिना चाैहान बने सिवाइसी सहकारीको शेयर सदस्य

बागलुङ ।घर घरमा पुग्ने लक्ष्य, खुसी र समृद्ध सदस्य भन्ने नारा साथ सिवाईसी साकोस, मुक्तिनाथ सदस्य सेवाकेन्द्र, बागलुङले नयाँ बुहारी स्वागत कार्यक्रम अन्तर्गत कलाकार एलिना चाैहानलाइ सहकारीमा स्वागत गरेको छ । केही दिन अघि मात्रै बागलुङका युवा बिष्णु सापकोटा संग बिवाहा गर्नु भएका राष्ट्रिय कलाकार चौहान सहकारीकाे स्वागत लगत्तै सिवाइसी साकोस मार्फत शेयर सदस्य बन्नु भएको हाे । कलाकार चाैहान संस्थामा सहकारी सिद्धान्त, मूल्य - मान्यता तथा सिवाईसी का नीतिनियम, निर्देशिकाहरुलाई आत्मसात गरी सहकारी अभियानमा सहभागी बन्न शेयर सदस्य बनी… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र एडिबीका उपाध्यक्ष बीच भेट

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तब्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताउनुभयो । उहाँले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी दिनुभयो । “सरकारले कानुनी एवं नीतिगत सुधार… पुरा पढौ

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताउनुभयो । “नेपाल र… पुरा पढौ