अर्थतन्त्र

अपिहिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गर्न अध्यक्ष प्रचण्डसँग आग्रह

काठमाडौं, २४ पुस । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन् । अपिहिमाल गाउँपालिकासम्म सडक नपुगेको एक मात्र गाउँपालिका भएको उल्लेख गर्दै उनीहरुले अब पालिका मुकामसम्म पुग्न दश किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका हुन् । तीन सूत्रीय मागपत्र बोकेर राजधानी आएका उनीहरुले मकरीगाड–खण्डेश्वरी (१० किलोमिटर) सडकका लागि आवश्यक बजेट, पालिकाका सबै वडा र वस्तीहरुमा राष्ट्रिय विद्युत… पुरा पढौ

नेपाली चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ

काठमाडौं । पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् । देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ । काठमाडौं बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ । ‘कार्साङ’ले पाएको शो राम्रो हो ।  वर्ड अफ माउथ बलियो बन्दै जाँदा शो थपिँदै जाने हो । यसै… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ कमेडी र कथा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा एकसाथ देखिएको पोस्टरले सिनेमाप्रतिको अपेक्षा बढाइदिएको हो । चलचित्रको मख्य प्रचार सामग्रीमध्यको एक हो पोस्टर । पोस्टरको राम्रो डिजाइन भयो भने त्यसले चलचित्रको कथा भन्दै दर्शकमा कौतुहलता बढादिन्छ । यो काम ‘लाज शरणम्’को पोस्टरले गर्यो । पोस्टर राम्रो हुँदा र दर्शकले त्यसलाई मन पराइदिँदा सिनेमा नै प्रतिक्षित बन्छ । दर्शक सिनेमा रिलिजको पर्खाइमा हुन्छन् । यो सफलता पनि ‘लाज शरणम्’ले पायो । पोस्टर, टिजर र… पुरा पढौ

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलको नयाँ चलचित्र ‘कोशेढुंगा’ घोषणा

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् । सरोज पौडेलले आफूले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन् । थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ । परपर क्षितिज छ । घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र… पुरा पढौ

लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

लेखनाथ, २१, पौष ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थीति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमाअवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो ।महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र… पुरा पढौ

चलचित्र ‘एक्टर: टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक, आना र दिव्यासँग रोमान्टिक प्रदिप

काठमाडौं । माघ १६ गते रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतको भिडियोमा सुपरस्टार प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ तर, चलचित्रको टिजरमा भने अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइरालाका दृश्यहरूले यस चलचित्रको कथा अर्कै रहेको सङ्केत गरेको थियो । गीतको भिडियोले यस चलचित्रमा प्रदिप दोहोरो भूमिकामा त छैनन् ? भन्ने प्रश्न पनि  उब्जाएको… पुरा पढौ

कार्साङ’को ट्रेलर दर्शकले रुचाए

काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ट्रेलर मुभी सेक्सनको दुई नम्बरमा छ । एक नम्बरमा सलमान खानको सिकन्दरको टिजर छ । ‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ । वर्षकै राम्रो ट्रेलर भन्दै सिनेमाले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया युट्युबमा आइरहेको छ । दया र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने बताइरहेका… पुरा पढौ

अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पहिलो कलाकृति हुन सक्ने कोइरालाको दावी

पोखरा । प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गर्नुुभएको छ । नेपालको हट एयर बेलुनमा ४००० मिटर माथि उडेर चित्र बनाएको पहिलो पटक भएको र अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दावी छ । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानका अभियन्ता प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार मिटर माथि बेलुन उडाउदा क्यानभासमा सूयोदयको कलाकृतिसँगै अन्नपूर्ण दृष्य चित्र… पुरा पढौ

लोक दोहोरी गित प्रतिष्ठान पर्वतको आयोजनामा कुश्ममा दोस्रो सडक महोत्सव शुरु

पर्वत । अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे १५ को अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बत शाखाको आयोजनामा सोमवारदेखि महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्वतलाई शाहसिक पर्यटनको हब बनाउनुपर्नेमा जोड दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्य रहेको पोखरा नजिकै रहेको पर्वत जिल्लालाई शाहसिक पर्यटकहरुको प्रमुख गन्तव्य बनाउने उहाँको… पुरा पढौ

झाँक्री विद्या विद्यमान बिषय चलचित्र कार्साङ’मा

काठमाडौं । चलचित्र ‘कार्साङ’का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ । आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’मा रहेको बताउँदै दयाहाङले झाँक्री सिनेमामा हुँदाको स्मरण गरे । “झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो । आगोमा नाच्नु पर्ने थियो । सिनेमा हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ । तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको… पुरा पढौ