अर्थतन्त्र

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार एएम २६६५४८ नम्बरको… पुरा पढौ

सिवाइसी साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको १३ औं वार्षिक साधारण अन्र्तगत पौष १ गतेबाट ५ सम्म २५ वटा सेवा केन्द्रमा इकाइगत रुपमा साधारण सभा सम्पन्न गरि बुधबार निर्णय प्रमाणिकरण सभा गरि १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक अम्मर बहादुर थापाले सिवाइसी साकोसले नेपालमा सहकारी प्रति रहेको बुझाईलाई परिर्वतन गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । सहकारी नाफामा… पुरा पढौ

सिवाईसी साकोसका २४ सेवा केन्द्रमा १३ औं साधारण सभा सम्पन्न

बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण अन्र्तगत २४ वटा सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएको छ । पौष १ गतेबाट इकाइगत रुपमा साधारण सभा सुरु गरेको सहकारीले सोमबार पर्वतको गुप्तेश्वर सदस्य सेवा केन्द्र र बागलुङ नगरपालिका वडा नम्वर १३ पैयुपाटामा रहेको बलेवा सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरेको हो । गुप्तेश्वर सदस्य सेवा केन्द्रको कार्यक्रममा बोल्दै सिवाईसी साकोस केन्द्रिय सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले देश आर्थिक संकटमा गुज्रिरहेको बेला सहकारीहरु… पुरा पढौ

सिवाइसी साकोसको १३ औं वार्षिक साधारण सभा सुरु,२५ सेवा केन्द्रमा इकाईगत साधारण सभा हुँदै

बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सुरु भएको छ । बागलुङ बजारमा प्रधान कार्यालय रहेको सहकारीले २५ वटा सेवाकेन्द्रबाट इकाईगत रूपमा १३ औं साधारण सभा गर्न सुरु गरेको हो । शुक्रबार र शनिबार बागलुङका विभिन्न नगर तथा गाँउपालिकामा रहेका १६ वटा सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएका छन् । साधारण सभामा केन्द्रीय सचिव जयराम भारी र कोषाध्यक्ष सितादेवी सापकोटा कँडेलको प्रगति तथा आर्थिक प्रतिवेदन पेष गरि छलफल गरिएको थियो ।… पुरा पढौ

ट्राफिक प्रहरी कार्यालयको राजस्व ८० प्रतिशत बृद्धि

बागलुङ जिल्लामा ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँचमा सक्रियता बढाएपछि राजस्व बृद्वि भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा ८० प्रतिशतभन्दा बढी राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको साउन, भदौ र असोज गरी ३ महिनामा १० लाख ७३ हजार राजश्व गरेकाेमा चालु वर्षको सोही अवधिमा जिल्ला ट्राफिकले १८ लाख ९७ हजार रुपैयाँ संकलन गरेको हो । ट्राफिक व्यवस्थापनमा ध्यान दिँदै जथाभावी रूपमा सवारीसाधन चलाउने चालकलाई चेकजाँच कार्वाही गर्दा राजश्वसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयकम प्रमुख… पुरा पढौ

बागलुङका कृषकलाई धान काट्ने चटारो

मंसिर ४ गते हुने निर्वाचनमा उमेदवार बनेका नेताहरूलाई यतिबेला मतदानकोमा पुगेर भाेट माग्ने चटारो छ भने अहिले त्योभन्दा पनि ठूलो चटारो नेपाली किसानलाई छ ।नेपालीहरूकाे महान चाडपर्व दशै र तिहार सकिए लगत्तै बागलुङका किसानलाई धान काट्न भ्याइनभ्याई छ ।चाडपर्व सकिन नभ्याउदै असारमा राेपेकाे धान खेतमा पाकेपछि धान काट्ने चटारो छ यतिबेला । नेपालीहरूकाे दाेस्राे ठूलो चाड तिहार सकिए लगत्तै बागलुङका किसानलाई असारमा राेपेकाे धान काट्ने चटारोले छाेेपेकाे छ ।असारमा राेपेकाे गाैरीया धान यतिबेला खेतमा पहेलो गरि पाकेपछि सबै काम कुरा… पुरा पढौ

बोतल र जारकाे पानीको मुल्य निर्धारण: एक बोतलको १६ र जारको ४७ रुपैयाँ भन्दा बढिमा बेच्न नपाइने

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जारको पानीको अधिकतम बिक्री मूल्यभन्दा धेरैमा बेच्न नपाइने सुचना प्रकाशित गरेको छ । विभागले संसदीय समितिले गरेको अध्ययन, विभागको अध्ययन र सरोकारहरुसँगको छलफलमार्फत बोटलको पानी र जारको पानीको अधिकतम मूल्य निर्धारण गर्दै सो भन्दा धेरैमा बेच्न नपाइने बताएको हो । विभागले काठमाडौं उपत्यका भित्रका लागि १ लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको मूल्य ४७ भन्दा बढि लिन नपाइने बताएको छ । विभागका महानिर्देशक महेश भट्टराईले भने, ‘समितिले… पुरा पढौ

३ करोडको नयाँ नोट वितरण

नेपाल बैंक लिमिटेड बागलुङ शाखाद्वारा विजया दशमी तथा शुभ दिपावलीका लागि लक्षित गर्दै ३ करोड भन्दा बढी नयाँ नोट वितरण गरेको छ । असोज ११ गतेबाट नयाँ नोट वितरण सुरु गरिएकोमा ३ दिनमा ३ करोड भन्दा बढी नयाँ नोट वितरण गरिएको नेपाल बैंक बागलुङ शाखाका प्रमुख अमृत सेवाले बताउनुभयो । बागलुङ सदरमुकाम, गलकोट र बुर्तिवाङ शाखाद्वारा ३ दिनमा ३ करोड भन्दा धेरै नयाँ नोटको वितरण गरिसकेको प्रमुख सेवाको भनाई रहेको छ । नागरिकहरुको चाडपर्वमा नयाँ नोटको मागलाई मध्यनजर गर्दै छुट्टै… पुरा पढौ

बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष सहित ५ जना विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै बागलुङ नगरपालिकाका तत्कालीन उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष सहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका निवर्तमान उप-प्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुँवर, वडा नम्बर-२ का तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हिमालय जिवि उपाध्याय र राजस्व शाखाका सदस्य सचिव काशिराम शर्माले नेपाल सरकारलाई रु.१७ लाख भन्दा बढी हानिनोक्सानी पुर्‍याई भ्रष्टाचारजन्य कार्य गरेको… पुरा पढौ

बैंकर्स बिच मैत्रीपूर्ण फूटसल

बागलुङ ।अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा बैंकर्स बागलुङले बैंकर्स बीच मैत्रीपूर्ण फुटसल प्रतीयोगीता आयोजना गरेकोे छ। कार्यक्रममा फूटवल संघ वागलुङ का अध्यक्ष जय राजभण्डारीले अहिलेको बैंकर्स हरु जुझारु युवा शक्ति भएकोले सबै क्षेत्रमा अब्बल सावित हुँदै खेल क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेको बताए । कार्यक्रममा बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले बैंक कर्मचारीको दैनिकी केवल बैंक भित्र को काममा मात्रै सिमित नभई अन्य क्षेत्रमा पनि सक्रिय रहँदै आफनो स्वास्थ्य को लागि पनि यस्ताे कार्यक्रमको आयोजना गरीएको वताए ।कार्यक्रमको लक्ष्य एबम उदेश्यको बारेमा… पुरा पढौ