अर्थतन्त्र

पढाइ संगसंगै ब्यवहारिक सीप प्रदर्शन गर्दै बिद्यार्थी

बागलुङ सधैं जस्तो पुस्तक मात्रै अध्ययन गर्ने बिद्यार्थीहरू केही बर्ष यता पुस्तक लाइ ब्यवहारिकतामा परिवर्तन गर्न थालेका छन् ।धाैलागिरि बहुमुखी क्यापस बिबिए छैंठाै सेमिस्टरमाअध्ययन गर्ने बिद्यार्थीहरू बागलुङ सदरमुकाममा भइरहेको साताै बागलुङ महाेत्सवमा खाजाकाे स्टल राखेर ब्यवसाय गरिरहेका छन् ।काम गर्न जानेको खण्डमा यहीँ काम गरेरबस्न सकिने बिश्वास समेत जगाउन उदेश्य राखेका छन् । पुस्तककाे पढाइ लाइ मात्र शिक्षा सम्झेर क्यापसमा उच्च शिक्षा अध्ययनरत बिद्यार्थीहरूलाइ पुस्तकका अलवा ब्यवहारिक ज्ञान दिने कार्यक्रम शुरूवात गरेपछि बागलुङका बिद्यार्थीले त्यसलाई निरन्तरता दिन थालेका छन् ।धाैलागिरि… पुरा पढौ

दुईवटा छिमेकी मुलुक जाेड्ने मुख्य सडक कालीगण्डकी काेरीडाेर महत्त्वपूर्ण नाका राष्ट्रियपति रामचन्द्र पाैडेल

राजेशचन्द्र राजभण्डारीबागलुङ ,पुस ११ बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा सातौं बागलुङ महोत्सवको राष्ट्रपति रामचन्द्र पाैडेलले भब्य समारोह बिच उद्घाटन गरे । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गते सम्म संचालन हुने महाेत्सव पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको  महाेत्सवकाे राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गर्दै नेपालकाे ७ वटा प्रदेश मध्य सबै ब्युटीफूल प्रदेश गण्डकी प्रदेश भएको यसले दुईवटा छिमेकी चीन र भारत… पुरा पढौ

महाेत्सव सफल पार्न बागलुङ समाज काठमाडौका टाेली बागलुङकाे यात्रा

बागलुङ महोत्सवमा आउने बाचा अनुसार बाग्लुङ समाज काठमाडौंमा कर्मथलाे बनाएर ब्यवसाय गर्दै काठमाडौं मै बसाेबास गर्दै आएका दाजुभाइ दिदीबहिनीहरू बागलुङ महाेत्सव सफल पार्न स्वर्ग भुमी बागलुङ तर्फ प्रस्थान गरेका छन् । बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुस ११ गतेदेखि हुने सातौं बागलुङ महोत्सव सफल बनाउन काठमाडौ देखि यात्रामा निस्केको किस्मत जंङ्ग राजभण्डारीले बताए । बागलुङ उद्योग बाणिज्य संघकाे आयोजनामा यहीँ पुस ११ गतेदेखि २२… पुरा पढौ

बागलुङ महाेत्सवकाे तयारी तिब्र

बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुस ११ गतेदेखि हुने सातौं बागलुङ महोत्सवको तयारी तिब्र पारिएको छ। बागलुङ उद्योग बाणिज्य संघकाे आयोजनामा यहीँ पुस ११ गतेदेखि २२ गतेसम्म धाैलागिरि बहुमुखी क्याम्पसकाे प्राङ्गणमा हुने साताैं बागलुङ महाेत्सवकाे लागि मन्च बनाउने स्टल बनाउने काम लगभग अन्तिम चरणमा पुगेको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार सुवास आचार्यले बताए । बागलुङ महाेत्सव भब्य र सभ्य रूपमा सम्पन्न गर्न पुस… पुरा पढौ

युनियन बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

सहकारीका अध्यक्ष अगम कुमार पालिखेकाे अध्यक्षतामा भएको साधारणसभामा सहकारीका मंगल सुवेदीको स्वागत र सहकारीका सहसचिव अस्मिता गाैतमकाे संचालनमा सम्पन्न भएको थियो ।बागलुङ / सुरक्षित लगानी सरल काराेवार आजको बचत भाेलीकाे आधार भन्ने उदेश्य साथ स्थापना भएको युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १६ आ‌ैसाधारणसभा सम्पन्न भएको छ । साधारणसभामा युनियन बहुउद्देश्यीय सहकारीका पुर्व अध्यक्ष मेघनाथ गैरे , पत्रकार राजेशचन्द्र राजभण्डारी बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुवँर लगायतका बक्ताहरूले अहिले सहकारी क्षेत्र एकपछि अर्कोधरासायी बन्दै गइरहेको हुदा सहकारीलाई मजबुत बनाउनसहकारीले… पुरा पढौ

सिवाइसी सहकारीको निर्वाचन कार्यतालिका सार्वजनिक

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । बागलुङमा केन्द्रिय कार्यालय रही बागलुङ, पर्वत र म्याग्दीका विभिन्न ठाँउमा २५ वटा सेवा केन्द्र रहेको सहकारीले १४ औ साधारण सभा अन्तरगत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।बुधवार बागलुङमा आयोजित संचालक, समिति, विभिन्न सेवा केन्द्र व्यवस्थापन तथा संचालन उपसमितिका संयोजक तथा शिक्षा समितिको सयुक्त बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक भूमिश्वर गौतमले कार्तिक १६ गतेबाट मंसिर १६ गते सम्मको निर्वाचनको कार्यतालिकाबारे जानकारी गराउनु… पुरा पढौ

इमेज सहकारीका बचतकर्ताले आन्दोलन चर्काउदै, बागलुङ बजारमा सिठी जुलुस र धर्ना प्रदर्शन

बागलुङ । बागलुङमा चरणबद्ध आन्दोलन थालेका इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरुले मंगलबार बागलुङ बजारमा विशाल सिठी जुलुस तथा धर्ना प्रदर्शन गरेका छन् । इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरुलाई छिटो भन्दा छिटो पक्राउ गर्न दवाव दिदै बचतकर्ताहरुले बागलुङमा प्रदर्शन गरेका हुन् । नेपालीहरूको महान चाड विजया दशमी नजिकै आइसकेको भएपनि आफूहरुसँग चाडपर्व मनाउने पैसा समेत नभएको भन्दै अध्यक्ष नेपालीलाई पक्राउ गरी तत्काल बचतकर्ताको बचत रकम फिर्ता गर्ने वातावरण मिलाउन इमेज बचत पीडित संघर्ष… पुरा पढौ

म्याद सकिन थालेका खाद्य सामग्री सप्लाइ नगर्न होलसेल व्यावसायीलाई बागलुङ नगरपालिकाको निर्देशन

बागलुङ नगरपालिकाले म्याद सकिन थालेका खाद्य सामग्री खुद्रा विक्रेतालाई सप्लाइ नगर्न होलसेल व्यावसायीलाई आग्रह गरेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं नगर उपप्रमुख राजु खड्काको अध्यक्षतामा भएको बागलुङका होलसेल व्यावसायीसँगको बैठकमा म्याद सकिन थालेका खाद्य सामग्री बजारमा नपठाउन आग्रह गरिएको हो । दसैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती फेला परेको भन्दै बागलुङ नगरपालिकाले बागलुङका होलसेल व्यावसायीसँग छलफल गरेको थियो । बैठकले विभिन्न कम्पनीका डिलर तथा होलसेल व्यावसायीहरुले बजारमा म्याद सकिएका खाद्य सामग्री भए नभएको… पुरा पढौ

दशैकाे मुखमा ग्यासको मूल्य आकासीयाे जनताको ढाड सेक्ने गरि मुल्य बृद्वि

काठमाडौं । नेपालीहरूकाे महान चाड दशै नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले स्वचालित मुल्य निर्धारणकाे हवाला दिएर पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो… पुरा पढौ

बागलुङ नगरपालिकाले सडक पेटी खालि गर्ने नाममा व्यवसायीक स्थलबाट सामान उठाएको उद्योग वाणिज्य संघको आरोप

बागलुङ नगरपालिकाले सडक पेटि खालि गर्ने नाममा व्यवसायीक स्थलबाट जथाभावि सामान उठाउने, बलजफ्ती गरेको भन्दै बागलुङ उद्योगा वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको छ । संघका महासचिव ऋषिराम गौतमले एक विज्ञप्ती प्रकाशित गरि समान उठाउने काम तत्काल राक्न आग्रह गर्दै उद्यमी व्यवसायीहरुको पसलबाट उठाएका सामानहरु तत्काल सकुसल अवस्थामा विना सर्त फिर्ता गर्न माग गरेका छन् । अन्यथा यस्ता उद्यमी तथा व्यवसायीहरुको मनोवल गिर्ने गरी गरेको यस्ता कार्यको विरुद्धमा अन्दोलनमा उत्रने चेतावनी सहित विगतलाई स्मरण गर्न आग्रह गरिएको छ । नाकावन्दी, महाभुकम्प,… पुरा पढौ