
सिम सिम झरी हिलाम्मे ठाउँ चारैतिर हुस्सु युवा युवती बृदा आमा बुबा स्कुलकाे पेटिमा पलेटि कसेर बस्छन कति बेला कलाकारले गित गाउलान र नाचाैला भन्ने प्रतिक्षामा बसेका जाेसिला युवाहरू न उनिहरूलाई झरी न हिलाम्य मैदान कुनै प्रवाह थियन थियाे ।
केबल कलाकारले गितमा रमाउने , जब उदघाेषकले प्रस्तुीका लागि आसा बिसिलाई स्टेजमा निम्त्याउछन अनि बिसिले आफ्नाे प्रस्तुति दिन शुरूवात गर्छिन ।
झट्टा हेर्दा सुन्दरी चट्ट साडीमा सजियर आयकी गायिका बिसि तनहुकि बासिन्दा हुन, तर उनलाई बागलुङका मेला महाेत्सबमा धेरै देख्ने गरिन्छ याे बागलुङे आम दर्शकककाे माया हाे ।
जब उनले प्रस्तुती अघि बढाउछिन युबाहरू जाेशिदै मैदानमा हाेमिन्छन नाच्न शुरू गरि हाल्छन वान्स माेर भन्दै हुटिङ गर्छन आकासबाट पानी परेकाे छ तर युवाहरूले मज्जाले नाचेर भने साथ दिए ।
असारे मेलाकाे मुख्य आकर्षककाे रूपमा बागलुङकाे ताराखाेला आईपुगेकी आसाले गिलास र कचाैरा तिर्ख कलल,आबुखैरेनी,राताे घलेकीमा गित सुनायर दर्शककाे धित मर्ने गरि नचाईन ,आम दर्शककाे मन राम्रै संग जितिन ।
अर्काे गायक रेशम निर्दाेशले पनि थुप्रै गित प्रस्तुत गरे उनकाे गितमा सांसद जनप्रतिनिधी युवा,बृदा आमाहरू कम्मर मर्काई मर्काई नाचे शुरूवातिमा रेशमले डाडैकाे देबि देउराली गितबाट अाफनाे सांगितकि प्रस्तुति शुरूवात गरे।
थुप्रै गित सुनाय उनकाे गितमा दर्शकले भरपुर मनाेरञ्जन लिए गल्काेटमा जन्मियका रेसम ताराखाेला गाउपालिका संगकाे सामिप्यता जाेडिन पाउनु आफ्नाे लागि साैभाग्य भयकाे भन्दै कहिलेकाहि चुनाबै लडेर गाउपालिका अध्यक्ष बन्दिउ कि जस्ताे लाग्छ रेसमले सुनाय ,सुमधर आबाजले आम दर्शकले मन जितेका रेसमले बाटाे खाेलीकाे,बन्दुक भरूवा,बर्खे झरीकाे,बाबू दिन्छेउ र,डाडापारी घाम, सिकारीले भिरेकाे बन्दुक जसता दर्जानाै गित प्रस्तुत गरे , यसतै गायिका सरिता गुरूङले पनि आफ्नाे प्रस्तुती दिएर दर्शककाे मन जितिन ताराखाेलाकाे पहिचान असारे मेला लाई गाउँलेले आफ्नो मौलिक संस्कृति मान्छन् ।
तीन सय वर्ष अघिदेखि असारेको थिति बसेको बताइन्छ । असारेमा खुशी साट्ने, मिठो–मसिनो खाने, प्रकृति र देउता पूज्ने चलन छ ।
नयाँ पुस्ताले ‘असारे मेला’का रूपमा संस्कृति धाने पनि जनबोलीमा भने ‘असारे’ प्रचलित छ ।
विगतमा मगर समुदायमा मात्र सीमित असारे मेला पछिल्लो समय सबै वर्ग र समुदायको साझा बन्दै गएको छ । मेलामा युवायुवती पिङ खेल्ने, मीठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन् ।
खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रूपमासमेत मेलालाई लिइन्छ । पछिल्लो समय मेलाको स्वरूप केही फेरिँदै गएको छ ।
मेलामा दोहोरी गीत, भलिबल, रस्साकस्सी, धनुषवाणलगायतका प्रतियोगिता संचालन हुने गर्छन मेलाकाे उद्वघाटन गण्डकी प्रदेश सांसद कुशुम बुढा मगरले गर्नु भयकाे थियाे ।









