खेलकुद

किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण

बागलुङ / सामाजिक विकास कार्यालय बागलुङको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर स्थित तेक्वान्दो संघको हलमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी ३ दिने तालिम सम्पन्न भयो । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुबेदी, प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेल, शिक्षा विकास तथा समन्वय ईकाई बागलुङका प्रमुख युक्त प्रसाद शर्मा, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख कृष्णहरि आचार्य, प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवाल, शितोरियो कराते प्रशिक्षक द्वय कृष्ण प्रसाद कंडेल र महेन्द्र खड्का लगायत प्रहरी कर्मचारीहरुको उपस्थितीमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी ३ दिने तालिम दिइएको… पुरा पढौ

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ

काठमाडौँ, ९ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताउनुभएको छ । साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताउनुभयो । “युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “खेलाडीहरूको वृत्ति विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै… पुरा पढौ

नेपाल र श्रीलंकाबीचको खेल पानीको कारण रद्द

३० जेठ – आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ ।खेल रद्द भए सँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति थियो । आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै… पुरा पढौ

‘विश्वकपमा गएको नेपाली टिमलाई प्रधानमन्त्रीकाे सफलताको शुभकामना

काठमाडौ /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिश्व कप क्रिकेट खेलका लागि गएको नेपाली खेलाडी टिमलाईशुभकामना दिनुभएको छ । प्रधानमन्त्री दाहालले एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको बताउनुभएको छ । देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको धारणा समेत ब्यक्त गर्नुभएको छ। सगरमाथा… पुरा पढौ

प्रथम सिएचआइटिएफ एशियन प्रतियोगिता जेठ ११ गतेदेखि १३ गतेसम्म

काठमाडौ / नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा प्रथम सिएचआइटिएफ एशियन प्रतियोगिता जेठ ११ गतेदेखि १३ गतेसम्म राजधानीमा हुने भएको छ ।  नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले काठमाडौंमा पत्रकार सम्मेलनकाे आयोजनामा प्रथम सिएचआइटिएफ एशियन प्रतियोगिता हुन लागेको अध्यक्ष कुल बहादुर बुढामगर कुशलले बताए । यति ठूलो खेलकुद प्रतियोगिता सरकारले गर्नुपर्ने दायित्व भएपनि सरकारले जिम्मेवारी नलिएको कारणले आफुहरूले आयोजना गर्नुपरेको अध्यक्ष कुल बहादुर बुढामगरले बताए प्रतियोगितामा नेपाल सिंगापुर ,भारत,मलेसिया ,फिलिपिन्स  चीन ,बंगलादेश ,भेटनाम ,पाकिस्तान ,र श्रीलंकाका खेलाडीले भागलिने अध्यक्ष… पुरा पढौ

प्रचुर सम्भावनाको क्षेत्रमध्ये खेलकुद पनि एक होः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकुद प्रचर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो। सम्बोधनका क्रममा प्रधानमन्त्रीले भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बंगलादेशमा सम्पन्न पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड) लगायत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूले राम्रो नतिजा… पुरा पढौ

बागलुङमा जिल्ला स्तरीय अन्तर मावि छात्र छात्रा तेक्वान्दो प्रतियोगिता सुरु

बागलुङमा जिल्ला स्तरीय अन्तर मावि छात्र छात्रा तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङको मुल आयोजना र बागलुङ तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले खेल पुर्वाधार विकास विना सिङ्गो खेलकुदको विकास असम्भव भएको बताउनु भएको छ । राज्यले खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसकेका कारणले खेलकुदले अपेक्षाकृत फड्को मार्न नसकेको तर्क गर्दै स्थानिय सरकारको यसतर्फ ध्यान जान आबश्यक रहेको बताउनु… पुरा पढौ

चैत्राष्टमी मेला चैत १३ देखि

नेपालकै महत्त्वपूर्ण मेलाहरु मध्येको चैत्राष्टमी मेला यसवर्ष चैत्र १३ गतेदेखि सञ्चालन हुने भएको छ । हरेक वर्षको चैतेदसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने यो मेला आगामी चैत्र १३ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, भजन प्रतियोगिता… पुरा पढौ

अन्तर विद्यालय स्तरीय कवड्डी प्रतियोगिताको उपाधि युएस एकेडेमीलाई: तस्बिरहरु

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लियो क्लब अप बागलुङ कालीगण्डकीको आयोजनामा अन्तर विद्यालय स्तरीय छात्रा कवड्डी प्रतियोगिता सम्पन्न भएको छ ।बागलुङ नगरपालिका भित्रका ८ विद्यालयको सहभागीता रहेको प्रतियोगितामा युएस एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा कालिका कन्या मन्दिर माध्यमिक विद्यालयले द्वितीय स्थान हाँसिल गरेको छ । प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरुद्वारा प्रतियोगितामा प्रथम हुने युएस एकेडेमीले ५ हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र र द्वितीय हुने कालिका कन्या मन्दिरले ३ हजार ३ सय ३३ मेडल,… पुरा पढौ

बागलुङ नगरपालिकाको आयोजनामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बागलुङ नगरपालिकाको आयोजनामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले आजका युवा विदेश पलायन हुनुपर्ने अवस्था अन्त्यका लागि खेलको विकास महत्वपूर्ण आधार भएको बताउनु भयो । बागलुङ नगरलाइ खेलको आर्कषक गन्तव्य बनाउने र खेलबाटै युवाहरुले भविष्य देख्ने अवस्था सिर्जना गर्न प्रतियोगिताहरु आवश्यक भएको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले विद्यार्थी जिवनमा अनुशासनको महत्व बढाउन खेल क्षेत्र आवश्यक भएको बताउनु भयो । उहाँले खेलकुदलाई मानव… पुरा पढौ