खेलकुद

लखन कप-२०७८ फाल्गुन १२ देखि १५ सम्म !

नेपाल मगर संघको स्थापना दिवसको अवसरमा बागलुङमा विविध खेलकुद एवं मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने भएको छ ।संघको ४०औं स्थापना दिवसको अवसरमा मगर युवा संघ बागलुङको आयोजनामा चार दिवसीय कार्यक्रमका साथ मनाउन लागिएको खेलकुद संयोजक किशोर थापाले बताए । फाल्गुन १२ गते देखि १५ गते सम्म कालिका भगवती गुठीको बाल उद्यान परिसरमा सञ्चालन हुने कार्यक्रममा लखन कप खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल, अन्तर मावि स्तरीय लोक नृत्य, घैंटोफोर, कुर्चीदौड र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको जनाएको छ । पुरुष… पुरा पढौ

केसी परिवार र सहारा क्लबबीच नयाँ सम्झौता

वर्षेनी विभिन्न कार्यक्रम गर्दै एकेडेमीलाई आर्थिक सहयोग जुटाउँदै आएको सहारा क्लबलाई व्यावसायिक घराना सुर्यबहादुर केसी परिवारले दशवर्षे सम्झौता गर्दै एकेडेमीको जिम्मेवारी लिएका छन् । जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ । क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने छ । बुधबार क्लबका अध्यक्ष हरिराम गुरुङ र स्व.सुर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै… पुरा पढौ

भारतको पहिलो जित, अफगानिस्तान पराजित

उपाधि दाबेदारको रुपमा रहेको भारतले आइसिसी टी-ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको सुपर-१२ को समूह-२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो । जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३५ रन जोडे ।भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले २ विकेट… पुरा पढौ

साफ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडाैं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियन बनेको छ । फाइनलमा पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको छ । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गरेको थियो । दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले गोल गर्न भने सकेन। अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि सुनिश्चित गरेको थियो ।… पुरा पढौ