समाचार

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देश

काठमाडौँ, माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसंगको छलफलमा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न भन्नुभएको… पुरा पढौ

कालीका गुठी ब्यवस्थापन समितिकाे पुस महिनाको हिसाब सार्वजनिक

बागलुङ / देशका धेरै संघसंस्थाहरूले आफ्नो हिसाबकिताब सार्वजनिक नगरिरहेकाे समयमा नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब मासिक रूपमा सार्वजनिक गर्दै आएको छ ।कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे । २०८० पुस महिनामा कर्मचारी तलबमा ३ लाख ४८ हजार बिधुत महसुस २६ हजार २५ अतिथि सत्कारमा १ हजार ७ सय आर्थिक सहयोग २० हजार पुर्वाधार विकास निर्माण २० लाख ९२… पुरा पढौ

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ ।बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने वताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताउनु भयो ।प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्वन्धमा तत्कालिन र दीर्घकालीनढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सहकारीको अनुगमनका लागि प्रभावकारी… पुरा पढौ

प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिनुभएको छ। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो। बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिनुभएको हो। बैठकमा… पुरा पढौ

तोरी फुलेर पहेँलपुर म्याग्दीको रत्नेचौरमा पर्यटकको आकर्षण बन्दै

म्याग्दी /म्याग्दीको रत्नेचौरमा यतिबेला ताेरी फुलेर पहेँलपुर भएको छ । कठ्याङ्ग्रिने माघको चिसो मौसममा बारीभरि फुलेको तोरीले त्यहाँ जाने जो कोहीको थकान भुलाइदिन्छ । चिसो छल्न र थकान मेटाउन अचेल आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ रत्नेचौरमा ।३ बर्ष देखि रत्नेचाैरमा लगाएको ताेरी सामाजिक संजाल मार्फत भाइरल भएपछि आन्तरिक पर्यटक पुगेर मनाेरन्जन लिइरहेका छन् । हुनत यतिबेला देशभरका खेतबारीमा किसानले लगाएको ताेरी पहेँलो फुलिरहेकाे भएपनि म्याग्दी जिल्लाकाे बेनी नगरपालिका वडा नम्बर १ रत्नेचाैर फुलेको पहेँलो ताेरीवारीएकपटक नपुग्ने आन्तरिक पर्यटक कमै भेटिन्छ… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिनुभएको छ । स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ड अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र… पुरा पढौ

महावीर पुन पुस्तक बेच्दै बागलुङ आइपुगे

बागलुङ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन यतिबेला देश किताब बेच्ने क्रममा बागलुङमा  छन्। मंगलबार दिनभर किताब बेच्ने देश दौडाहामा निस्केका उनी म्याग्दी बेनी हुँदै बागलुङ आइपुगेका हुन् । आफ्नै सपना, सम्झना र अविरल जीवन यात्रा समेटिएको ‘महावीर पुन’ पुस्तक लिएर उनी काठमाडौंबाट निस्केका हुन्। सदरमुकाम बागलुङ बजारमा पुगेर किताब बेचेका थिए ।पुनको अभियान लाइ बागलुङ बासिले सहर्ष स्विकार्दै पुस्तक खरिद गरेका थिए । पुनले पुस्तकमा आफ्नो हस्ताक्षर गरेर पुस्तकका पाठकलाईपुस्तक बिक्री गरेका थिए ।राष्ट्रिय आविस्कार केन्द्रकाे अभियान राम्रो भएको… पुरा पढौ

भौतिक पूर्वाधारको बीमा गर्ने व्यवस्था गर्छौंः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ। २६ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहमा बोल्दै प्रधानमन्त्रीले भौतिक संरचनाको बीमा गर्ने व्यवस्थामा जान आवश्यक रहेको बताउँदै मन्त्रिपरिषदले त्यसबारे अध्ययन गर्ने निर्णय गरेको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अब हामीले विस्तारै देशैभरिका निजी आवास र सरकारी संरचनाको बिमाको व्यवस्था गर्नुपर्छ भन्ने सुझावलाई मनन गरेर व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको… पुरा पढौ

कालीका भगवती मन्दिरमा माघ र श्रावण बलि नचढ्ने

बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा एकादशी ,आ‌ैसी ,श्रावण र माघ महिनामा वलि नचढ्ने धार्मिक मान्यता रहेको छ । कालीका मन्दिरमा पुजा गर्न आउदा बाेका हास कुखुरा राँगो वलि नल्याउन सम्पुर्ण भक्तजनहरूलाइ अनुरोध गरेको कालीका गुठीका अध्यक्ष कुमार खड्काले बताए । देशकाे प्रमुख धार्मिक शक्तिपिठमा आफुले भगवती माता संग गरेको भाकल पुजाकाे लागि दिनहुँ दर्जनौं भक्तजनहरूमाघ महिनामा पनि आउने गरेको तर कालीका मन्दिर बलि चढ्ने परम्परा नभएको हुदा सुसुचित गर्नु परेको अध्यक्ष खड्काले बताए । कालीका… पुरा पढौ

इन्धनको मूल्य१/१ रूपैयाँ घट्याे

काठमाडौं / नेपाल आयल निगमले माघ २ गतेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।भारतीय आयल निगमबाट मुल्य घटेर आएपछि पेट्रोल र डिजेलमा १/ १ रूपैयाँ मुल्य कम गरेको जनाएको छ ।अबदेखि डिजेल १५६ रूपैयाँ र पेट्रोल १६६ रूपैयाँ कायम गरेको जनाएको छ ।निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत राखेको छ । पुरा पढौ