राजनीति

पेट्रोलियम पदार्थकाे मुल्य वृद्धिले ल्याएको तरङ्ग ?

सामाजिक संजालमा मुल्य वृद्धि बारे आक्राेश पाेख्दै सर्वसाधारण बागलुङ ,नेपाल आयल निगमले आइतबार बेलुका देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ,डिजेल ,मत्तितेल ,हवाइ इन्धनमा १० रूपैयाँ र खाना पकाउने एलपी ग्यासमा २ सय रूपैयाँ मुल्य वृद्धि गरेपछि यसको चाैतर्फि बिराेध हुन थालेको छ । सामाजिक संजाल फेसबुक मार्फत अहिले भएको मुल्य वृद्धिकाे एकसाथ विराेध गरेका छन् ।अहिले भइरहेको इन्धनको मुल्य वृद्धिले नेपाली जनजीवनमा पार्ने… पुरा पढौ

अग्रता बढाउँदै रेनु दाहाल , पछ्याउँदै विजय सुवेदी

बागलुङ ।सबैको चासो रहेको भरतपुर महानगरपालिकाकाे चुनावी मतगणनाकाे चर्चा अहिले पनि कायमै छ । नेकपा माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकामा नगर प्रमुखमा उम्मेदवारी रेनु दाहालले आफ्नो अग्रतालाई कायमै राखेकी छिन् । पछिल्लो मत परिणामअनुसार उनले ३४ हजार ६८४ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ३७० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११,२९६ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३४,९३४ मत प्राप्त गरेका… पुरा पढौ

जलजला गाउँपालिका पर्वतका अध्यक्ष र उपाध्यक्षले सम्हाले जिम्मेवारी

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदभार ग्रहण गरेका छन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित अध्यक्ष राजु आचार्य र उपाध्यक्षमा निर्वचित दिपक आचार्यले पदभार ग्रहण गरेका हुन् । जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले अध्यक्ष र उपाध्यक्षलाई कार्यालयमा स्वागत गरेका थिए । अध्यक्षमा निर्वाचित आचार्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन भने उपाध्यक्ष आचार्य माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । पदभार ग्रहण पछि अध्यक्ष आचार्यले जलजला गाउँपालिकालाई सम्बृद्ध बनाउन आफूले विशेष प्रयास र पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । जनताले… पुरा पढौ

बागलुङ नगरपालिकामा ५ पार्टीका ८ उम्मेदवारको धरौटी जफत

बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा बागलुङ नगरपालिकाका उम्मेदवार बनेका ५ राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ । कुल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारहरूको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार नगर प्रमुख र उप प्रमुखका ८ जना जना उम्मेदवारको धरौटी रकम जफत भएको हो । कुल ४० हजार ४१८ मतदाता रहेकोमा बागलुङ नगरपालिकाका १४ वडामा २५ हजार ७ सय ९२ मत खसेको थियो । बागलुङ नगरपालिकामा खसेको २४ हजार ८ सय मत मध्य ५ पार्टीका… पुरा पढौ

महिला नेतृत्वले सम्हाल्ने नमुना पालिका बनाउछु : अध्यक्ष अधिकारी

बागलुङको बडिगाड गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गण्डकी थापा अधिकारीले बडिगाड गाउँपालिकालाई नमुना पालिका बनाउने बताउनु भएको छ । सिवाई नेपाल, सिवाईसी नेपाल लघुवित्त वित्तिय सस्था लिमिटेड र सिवाइसी वचत तथा ऋण सहकारी सस्थाले बागलुङ बजरमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै थापाले महिलाले नेतृत्व गरेका कामहरु उत्कृष्ट बनेका उदाहरणहरु प्रशस्तै रहेको भन्दै आफु निर्वाचित भएको बडिगाड गाउँपालिकालाई पनि महिला नेतृत्वले सम्हाल्ने र नमुना पालिका बनाउने बताउनु भयो । पालिकामा आफूले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राख्ने बताउदै शिक्षा र स्वास्थ्य… पुरा पढौ

५ वर्षे कार्यकालमा सहयोग पु¥याउने सवैलाई निवर्तमान नगरप्रमुखले दिए धन्यबाद

बागलुङ नगरपालिकाका निर्वतमान नगरप्रमुख पौडेलले जनताको सिमित स्रोत र साधनका बीच धेरै कामहरु गर्न सफल भएको बताएका छन् । शुक्रबार बागलुङमा क्रियाशिल पत्रकारसँग कुराकानि गर्दै पौडेलले ५ वर्षे कार्यकालमा सहयोग पु¥याउने सवैलाई धन्यबाद ज्ञापन गरेका हुन् । आफ्नो कार्यकालमा बागलुङ नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण पहिचान स्थापित गर्दै प्रमुख पर्यटकीय गन्तव्य बनाउने, बलेवा विमानस्थल, बागलुङ बसपार्क, गण्डकी स्वर्णिम भुmला लगायतका ठूला पूर्वाधार निर्माण सम्पन्न भएको जानकारी दिए । पत्रकार भेटघाटमास्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत… पुरा पढौ

नवनिर्वाचित जनप्रतिनिधिलाई बागलुङ नगरपालिकाले ग¥यो स्वागत

बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा निवार्तमान जनप्रतिनिधिलाई विदाई गरिएको छ । शुक्रबार बागलुङ नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि विदाई तथा स्वागत गरेको हो । कार्यक्रमा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित नगर प्रमुख वसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, नगरपालिकाका १४ वटा वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत गरिएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेका थिए । त्यस्तै निवर्तमान नगर प्रमुख जनक राज पौडेल लगायतका वडा… पुरा पढौ

नगर प्रमुख बसन्त श्रेष्ठ र उप प्रमुख राजु खड्काले गरे पदभार ग्रहण

बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नगर उप प्रमुख राजु खड्काले एक कार्यक्रमका बिच आफ्नो पदभार ग्रहण गरेका छन् । बैशाख ३० गते भएको स्थानीय निर्वाचन बाट सर्वाधिक मत ल्याएर निर्वाचित भएका नगर प्रमुख श्रेष्ठले बागलुङ नगरपालिकामा पुगेर शुक्रबार बिहान ९.३० बजे नगर प्रमुखको कार्यकक्षमा पुगेर नगर प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । यस्तै बागलुङ नगरपालिकाकाे नगर उप प्रमुख पदमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका राजु खड्काले पनि आफ्नो कार्यकक्षमा पुगेर नगर उप प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।… पुरा पढौ

जनमतको सम्मान गर्दै काम गर्छु : थापा

बागलुङको बडिगाड गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गण्डकी थापा अधिकारीले जनताको सेवक भएर काम गर्ने बताउनु भएको छ । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सम्पन्न विजयी ¥याली पश्चात कोणसभालाई सम्बोधन गर्दै जनताले सेवा गर्ने अवसर प्रदान गरेको भन्दै जनमतको सम्मान गर्दै जनताको सेवक भएर काम गर्ने बताउनु भएको हो ।बडिगाड २ खर्बाङमा सम्पन्न भामा बोल्दै थापाले २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजय पश्चात आफु जनताकै सेवामा लागेकाले यसपटक जनताले गाउँपालिकाको साँचो आफुहरुलाई सुम्पिएको बताउनुभयो । बडिगाड गाउँपालिकालाई जिल्लाका अन्य स्थानीय तह भन्दा नमुना,… पुरा पढौ

बडिगाड गाउँपालिका प्रमुखमा थापा र उपप्रमुखमा वन विजयी

बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी गण्डकी अधिकारी थापा विजयी भएकी छिन् । थापाले ७ हजार ३ सय ८६ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन पाइजाले ५ हजार ८ सय १४ मत ल्याएका छन् । थापा १ हजार ५ सय ७२ मत अन्तरमा विजयी भएकी हुन् । विजयी थापा जिल्लामै प्रमुख पदमा पुग्ने पहिलो र एक मात्रै महिला हुन् र थापा नेपाली कांग्रेस बागलुङको जिल्ला सचिवको जिम्मेवारीमा पनि छन् । गत स्थानीय निर्वाचनमा एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी… पुरा पढौ