राजनीति

महिला नेतृत्वले सम्हाल्ने नमुना पालिका बनाउछु : अध्यक्ष अधिकारी

बागलुङको बडिगाड गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गण्डकी थापा अधिकारीले बडिगाड गाउँपालिकालाई नमुना पालिका बनाउने बताउनु भएको छ । सिवाई नेपाल, सिवाईसी नेपाल लघुवित्त वित्तिय सस्था लिमिटेड र सिवाइसी वचत तथा ऋण सहकारी सस्थाले बागलुङ बजरमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै थापाले महिलाले नेतृत्व गरेका कामहरु उत्कृष्ट बनेका उदाहरणहरु प्रशस्तै रहेको भन्दै आफु निर्वाचित भएको बडिगाड गाउँपालिकालाई पनि महिला नेतृत्वले सम्हाल्ने र नमुना पालिका बनाउने बताउनु भयो । पालिकामा आफूले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राख्ने बताउदै शिक्षा र स्वास्थ्य… पुरा पढौ

५ वर्षे कार्यकालमा सहयोग पु¥याउने सवैलाई निवर्तमान नगरप्रमुखले दिए धन्यबाद

बागलुङ नगरपालिकाका निर्वतमान नगरप्रमुख पौडेलले जनताको सिमित स्रोत र साधनका बीच धेरै कामहरु गर्न सफल भएको बताएका छन् । शुक्रबार बागलुङमा क्रियाशिल पत्रकारसँग कुराकानि गर्दै पौडेलले ५ वर्षे कार्यकालमा सहयोग पु¥याउने सवैलाई धन्यबाद ज्ञापन गरेका हुन् । आफ्नो कार्यकालमा बागलुङ नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण पहिचान स्थापित गर्दै प्रमुख पर्यटकीय गन्तव्य बनाउने, बलेवा विमानस्थल, बागलुङ बसपार्क, गण्डकी स्वर्णिम भुmला लगायतका ठूला पूर्वाधार निर्माण सम्पन्न भएको जानकारी दिए । पत्रकार भेटघाटमास्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत… पुरा पढौ

नवनिर्वाचित जनप्रतिनिधिलाई बागलुङ नगरपालिकाले ग¥यो स्वागत

बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा निवार्तमान जनप्रतिनिधिलाई विदाई गरिएको छ । शुक्रबार बागलुङ नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि विदाई तथा स्वागत गरेको हो । कार्यक्रमा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित नगर प्रमुख वसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, नगरपालिकाका १४ वटा वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत गरिएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेका थिए । त्यस्तै निवर्तमान नगर प्रमुख जनक राज पौडेल लगायतका वडा… पुरा पढौ

नगर प्रमुख बसन्त श्रेष्ठ र उप प्रमुख राजु खड्काले गरे पदभार ग्रहण

बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नगर उप प्रमुख राजु खड्काले एक कार्यक्रमका बिच आफ्नो पदभार ग्रहण गरेका छन् । बैशाख ३० गते भएको स्थानीय निर्वाचन बाट सर्वाधिक मत ल्याएर निर्वाचित भएका नगर प्रमुख श्रेष्ठले बागलुङ नगरपालिकामा पुगेर शुक्रबार बिहान ९.३० बजे नगर प्रमुखको कार्यकक्षमा पुगेर नगर प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । यस्तै बागलुङ नगरपालिकाकाे नगर उप प्रमुख पदमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका राजु खड्काले पनि आफ्नो कार्यकक्षमा पुगेर नगर उप प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।… पुरा पढौ

जनमतको सम्मान गर्दै काम गर्छु : थापा

बागलुङको बडिगाड गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गण्डकी थापा अधिकारीले जनताको सेवक भएर काम गर्ने बताउनु भएको छ । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सम्पन्न विजयी ¥याली पश्चात कोणसभालाई सम्बोधन गर्दै जनताले सेवा गर्ने अवसर प्रदान गरेको भन्दै जनमतको सम्मान गर्दै जनताको सेवक भएर काम गर्ने बताउनु भएको हो ।बडिगाड २ खर्बाङमा सम्पन्न भामा बोल्दै थापाले २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजय पश्चात आफु जनताकै सेवामा लागेकाले यसपटक जनताले गाउँपालिकाको साँचो आफुहरुलाई सुम्पिएको बताउनुभयो । बडिगाड गाउँपालिकालाई जिल्लाका अन्य स्थानीय तह भन्दा नमुना,… पुरा पढौ

बडिगाड गाउँपालिका प्रमुखमा थापा र उपप्रमुखमा वन विजयी

बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी गण्डकी अधिकारी थापा विजयी भएकी छिन् । थापाले ७ हजार ३ सय ८६ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन पाइजाले ५ हजार ८ सय १४ मत ल्याएका छन् । थापा १ हजार ५ सय ७२ मत अन्तरमा विजयी भएकी हुन् । विजयी थापा जिल्लामै प्रमुख पदमा पुग्ने पहिलो र एक मात्रै महिला हुन् र थापा नेपाली कांग्रेस बागलुङको जिल्ला सचिवको जिम्मेवारीमा पनि छन् । गत स्थानीय निर्वाचनमा एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी… पुरा पढौ

एमालेका ७ जना केन्द्रीय नेताले जाेगाउन सकेन साख ?

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भए संगै राजनीति पार्टीका केन्द्रीय नेताहरूको सामाजिक संजालमा व्यापक आलोचना हुन थालेको छ । राष्ट्रिय रूपमा पहिलो राजनीतिक पार्टी नेकपा एमालेले यसपटक भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पुरानो विरासत गुमाएपछि एमाले कार्यकर्ताले नेतृत्वले राजीनामा माग गर्दै आएका छन् । नेकपाको विभाजन पछि नेकपा एमालेले पार्टी लाई मजबुत बनाउन बागलुङबाट लिला थापा, मनकुमारी केसी लाई पोलिट ब्युरो सदस्य र डाक्टर सुर्य पाठक ,गोविन्द नेपाली ,कृष्ण केसी ,सावित्रा राना ,इन्द्रलाल सापकोटालाई केन्द्रीय सदस्यको… पुरा पढौ

बागलुङको काठेखोला गाउँपालिकामा कांग्रेसका राजु थापा र जनमोर्चाका तेजेन्द्र थापा निर्वाचित

काठेखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका राजु थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजेन्द्र थापा ‘तिलक’ विजयी भएका छन् । अध्यक्ष राजु थापाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिल बहादुर कार्कीलाई एक हजार मतान्तरले पराजित गर्दै विजयी भएका छन् । थापाले ७ हजार ७ सय ५० मत प्राप्त गरेका छन् भने कार्कीले ६ हजार ७ सय ५० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा तिलक थापाले आफ्ना प्रतिद्वन्द्वी कोपिला पुनलाई २ सय ६५ मतान्तरले पराजित गरे । थापाले ६ हजार ७ सय १२ मत… पुरा पढौ

संयुक्त गठबन्धनका दलद्वारा आफ्ना उम्मेदवार विजयी गराउने मतदातालाई धन्यबाद ज्ञापन

गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा सहयोग गर्ने सवै मतदातालाई संयुक्त गठबन्धनले धन्यबाद दिएको छन ।बागलुङ नगरपालिकामा संयुक्त गठबन्धनका दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै नगरप्रमुख उपप्रमुख वडा अध्यक्ष र वडा सदस्य विजयी बनाउन भुमिका खेल्ने सवै मतदातालाई धन्यबाद दिएका छन । नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापती उमाकान्त शर्मा बाबु, नेकपा माओबादी केन्द्रका बागलुङ नगर इन्चार्ज यज्ञबल्लब शर्मा, नेकपा एकिकृत समाजबादीका नगर संयोजक जीवन आचार्य र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष थानेश्वर सुवेदीले संयुक्त विज्ञप्ती जारी गर्दै निर्वाचनमा सहयोग गर्ने… पुरा पढौ

बागलुङ नगरको मेयरमा काँग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीका खड्काको सानदार जित

बागलुङ नगरपालिकामा पाँच दलीय गठबन्धले निर्वाचन जितेको छ । बागलुङ नगरपालिकाकोे प्रमुखमा गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठ मेयर र माओवादी केन्द्रका राजु खड्का उपमेयरमा विजयी भएका हुन् । मेयरमा कांग्रेसका श्रेष्ठले १४ हजार ६ सय ७८ मत प्राप्त गरि विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जनकराज पौडेलले ८ हजार ८ सय २१ मत प्राप्त गरेका छन् । श्रेष्ठ पौडेलसँग ५ हजार ८ सय २१ मतको फराकिलो अन्तरले विजयी भएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा… पुरा पढौ