राजनीति

चुरे संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको सहकार्य अपरिहार्य

सिरहा, २ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताउनुभएको छ । दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताउनुभयो । “चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ,” प्रधानमन्त्रीले भन्नुभयो, “तराई मधेशका… पुरा पढौ

शहीद रीतबहादुर खड्काकाे स्मृति दिवस

काठमाडौँ, २ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उहाँ क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताउनुभएको छ । शहीद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले छोटो समयमा राम्रो प्रगति गर्नुभएको बताउनुभयो । “रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो ।… पुरा पढौ

एमाले बागलुङको १० वटा स्थानीय तहकाे अधिवेशन सम्पन्न

बागलुङ / नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङको १०आ‌ैं जिल्ला अधिवेशन पश्चात केन्द्रीय निति र सर्कुल अनुसार १०वटा स्थानीय तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ ।बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा अधिवेशन गरेर नेतृत्व चयन गरेको एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताए । बागलुङ नगरपालिका नगर अध्यक्षमा रामकृष्ण शर्मा ,उपाध्यक्ष रूद्र बहादुर केसी ,सचिव ध्रुव श्रेष्ठ ,उपसचिव अगन बहादुर खड्का उपसचिव सीता थापा र सदस्यहरूमा ६३ जना निर्वाचित भएका छन् । बागलुङ जैमुनी नगरपालिका… पुरा पढौ

माआ‌‌ेवादी पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने मनोनयन प्रणाली अन्त्य गर्ने

काठमाडौँ, ३२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(माओवादी केन्द्र) को विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यसक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताउनुभएको छ । अनेरास्ववियू (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागु गरिने बताउनुभयो । “विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।” उहाँले नेपालका… पुरा पढौ

नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौंकाे साताैं अधिवेशन बाट दीपक निराैला निर्वाचित

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी ( एमाले) काठमाडौं साताै औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।नेपाल एमाले काठमाडौंको अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका हुन् ।एमाले काठमाडौं जिल्ला कमिटीको सातौं जिल्ला अधिवेशन अन्तर्गत मंगलबार भएको मतदानमा निरौला ३ सय ७० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उहाँका प्रतिस्पर्धि  निर्मल देउलाले १ सय ९१ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ । जिल्ला कमिटीको उपाध्यक्षमा विश्वराम सापकोटा र सचिवमा राजेश शाक्य निर्वाचित भएका छन् । उपसचिवमा उद्धव भण्डारी निर्वाचित भए भने… पुरा पढौ

हस्, भइहाल्छ भन्ने होइन, कार्यसम्पादनस्तर र व्यवहारमा रूपान्तरण आवश्यक आजको आवश्यकता

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताउनुभयो । “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारीता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आव्हान गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस कार्यालयलाई शासकीय मामिलाको… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड दुई दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ, २८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री प्रचण्ड उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ जानुभएको थियो । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्तमन्त्री जयशङ्करको शिष्टाचार भेट

काठमाडौँ, २८ जेठ : छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल ताजमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त हुनुभएकोमा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै… पुरा पढौ

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

काठमाडौँ, २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उहाँहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ, २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । उहाँ आइतबार नै भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी… पुरा पढौ