राजनीति

४८ घण्टा बितिसक्दा समेत धौलागिरी बहुमुखी क्याम्पसको ताला खुलेन

बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा लगाइएको ताला ४८ घण्टा बितिसक्दा समेत खुल्न सकेको छैन । विद्यार्थी परिचयपत्रको वितरणमा त्रुटि भएको भन्दै बामपंथी विद्यार्थी संगठनले आसन्न चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको प्रयोजनका लागि छुट्टै परिचयपत्र जारी गर्नुपर्ने भन्दै फाल्गुन २५ गते बिहीबार साँझ ५ बजे एक वक्तव्य जारी गर्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए । स्ववियु निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीहरुको विषयमा छानविन गर्न पनि माग गरेका छन् । क्याम्पसका कतिपय प्राध्यापक र कर्मचारीहरुले निर्वाचनलाई प्रभाव… पुरा पढौ

धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एक दर्जन आकांक्षी

आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ ।राजनीतिको जग मानिने स्वतन्त्र विद्यार्थी युनियनको चुनावले त्रिभुवन विश्व विद्यालय अन्तर्गतका देशभरका क्याम्पसहरु चुनावमय बनेका छन् । धौलागिरी अञ्चल कै शैक्षिक धरोहरको रुपमा स्थापित धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा आफ्नो नेतृत्व हात पार्नकालागि अधिकांश संगठन दौडधुपमा लागेका छन । फाल्गुन १९ गते संगठन दर्तामा १० वटा संगठन दर्ता भएको धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एक दर्जन आकांक्षी देखिएका छन् । एकै संगठनबाट ४ जना आकांक्षी:धौलागिरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा… पुरा पढौ

धौलागिरी बहुमुखी क्याम्पसको गम्भीर लापरबाही, विद्यार्थी संगठनद्वारा निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी

विद्यार्थीको फर्जि परिचयपत्र भेटिएको भन्दै बागलुङको धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पुर्व सन्ध्यामा निर्वाचन प्रभावित पार्ने नियतले वास्तविक विद्यार्थीको विवरण नै ख्याल नगरि आफुखुसी फर्जी परिचयपत्र वितरण गरेको भन्दै बामपंथी निकट विद्यार्थी संगठनहरुद्वारा निर्वाचन अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको हो । स्ववियु निर्वाचनका लागि छुट्टै परिचयपत्र जारि गर्ने माग सहित अनेरास्ववियुका धवलागिरि बुहुमुखी क्याम्पसका इकाइ अध्यक्ष अनिल शर्मा, अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष खिमानन्द कँडेल विकास, अखिल क्रान्तिकारी बहुमतका इकाइ अध्यक्ष दिवश… पुरा पढौ

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

नयाँ राष्ट्रपतिको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसदहरुले मतदान गरेका हुन । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।अर्का उम्मेदवार एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार… पुरा पढौ

युवा विद्यार्थी नेता कुँवर अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित

बागलुङको बिद्यार्थी राजनीतिमा निकै लोकप्रिय युवा बिद्यार्थी रोशन कुँवर नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । फागुन २ देखि ४ मा काठमाडौंमा समपन्न २३ औं राष्ट्रिय महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन । अनेरास्ववियुको बागलुङको निवर्तमान संयोजक समेत रहेका कुँवरले जिल्लामा दुर्घटनामा परेका मनिस कंडेललाई बचाउ अभियान, 'चिया पिउँदै सेवा'अभियान जस्ता लोकप्रिय सामाजिक कार्यहरु सञ्चालन गरि चर्चा कमाएका थिय । कुँवरले गण्डकीको कुल मत १ सय ७२ मतमा… पुरा पढौ

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको साँसद पद खारेज

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको साँसद पद खारेज भएको छ । सर्वोच्च अदालतले उनकोे सांसद पद खारेज गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी उनले पार्टी दर्ता गरेका थिए । पार्टी दर्तापछि उम्मेदवार भई प्रतिनिधिसभा सदस्य जितेका उनी उपप्रधान तथा गृह मन्त्री भएका थिए । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको हो । त्यस्तै उनी… पुरा पढौ

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे । पुरा पढौ

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै, माओवादी केन्द्रबाट शर्मा, किराँती र मोदी मन्त्री बन्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् । थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका… पुरा पढौ

आज मन्त्रिपरिषद् विस्तार हुदै,एमालेले चार मन्त्री र २ राज्यमन्त्री सरकारमा पठाउने

आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र २ राज्यमन्त्री पठाउने भएको छ । यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ खाइसकेका छन् । सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको हो । एमालेबाट आज थपिने मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन् । उनीहरू चारै  जना यसअघि मन्त्री बनेका थिएनन् । त्यसैगरी दुई राज्यमन्त्रीका… पुरा पढौ

गण्डकी प्रदेश सभाका ५६ सांसदले नेपाली र ३ जनाले मातृ भाषामा लिए शपथ

गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । राप्रपाका पञ्चराम तकु, कांग्रेसकी सरस्वती गुरूङ र पर्वती तामाङले मातृ भाषामा सपथ लिएका हुन् । सपथ खाएपछि सांसदहरूले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लगाएका छन् । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८,… पुरा पढौ