राजनीति

नेपाली कांग्रेस क्षेत्र नम्वर १ बागलुङ र जनसम्पर्क समिति कान्साई जापान विच अन्तरक्रिया

नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नम्वर १ बागलुङले प्रवासमा रहेका नेता तथा कार्यकर्ताको अवस्थाबारे अन्र्तक्रिया गरेको छ । क्षेत्रिय समितिको आयोजनामा मंगलबार नेपाली कांग्रेस जनसम्पर्क समिति (ओसाका) कान्साई जापानका सभापति इन्द्र सुवेदी सँग अन्तरक्रिया तथा छलफल भएको हो । सो अवसरमा बोल्दै वरिष्ठ अधिवक्त पद्यमनाथ शर्मा पौडेलले नेपालमा प्रजातन्त्र जोगाउने पार्टी नेपाली कांग्रेस भएको भन्दै कांग्रेसमा प्रजातान्त्रीक शक्ति वढाउनुपर्ने बताउनु भयो । नेपाली कांग्रेस जनसम्पर्क समिति (ओसाका) कान्साई जापानका सभापति इन्द्र सुवेदीले नेपाली कांग्रेस जनसम्पर्क समन्वय विभागसँग समन्यव गरि पार्टीको… पुरा पढौ

सर्वोच्च अदालतको आदेश पछि रिगलले गरे आत्मसमर्पण

सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। बिहीबार रिगल जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ । साथै उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएको थियोे ।… पुरा पढौ

ढोरपाटन आएको ‘बुलेट राइडर’को समूहलाई घोडावाधेमा स्वागत

नेपालको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंदेखि बागलुङको ढोरपाटन सिकार आरक्षसम्मको राइड गरि सोमबार फर्किएको छ । बालाजु बुलेट सर्भिस सेन्टरको आयोजनामा ४५ वटा बुलेट बाइकहरू समावेश गरी ४५ जनाको समूहले ६ दिने राइड सञ्चालन गरिएको हो । ६ दिने राइडमा निस्केको टोलीलाई सोमवार बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर ५ घोडावाधेमा स्वागत गरिएको थियो । पर्यटकीय क्षेत्र घोडावाधेमा काठेखोला गाँउपालिका वडा नम्वर ५,६ बागलुङ उद्योग वाणिज्य संघ, धौलागिरि पर्यठन प्रवद्र्धन समिति स्थानिय सामुदायिक वन, विशधुरी सामुदायिक होमस्टेन लगाएतका सामाजिक… पुरा पढौ

दुर्गा प्रसाईंलाई पक्राउ गर्न ओलीले गुहारे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १३ कार्तिक । आफूविरुद्ध अनर्गल प्रचार गरेको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । ओलीले प्रसाईंको अराजकताले सिमा नाघेको भन्दै तत्काल एक्शन लिन आफूलाई भनेको कुरा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् । हिजो आइतबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरुसँग ओली र आफूबीच गत शुक्रबार सिंहदरबारमा भएको भेटवार्ताको ब्रिफिङ गर्ने क्रममा यस्तो… पुरा पढौ

सरकारको भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह पैदा भएको : पौडेल

बागलुङ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागलुङ इन्चार्ज गोविन्द पौडेलले जनयुद्धले देशमा राजनीतिक परिवर्तन गरेपनि नेपालको प्रशासनिक क्षेत्रमा अझै सुधार हुन नसकेको बताउनु भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान, घरघर माओवादी जनजनमा माओवादी अन्तरगत नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिले आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । वडा दशैं, शुभ दिपावली, नेपाल सम्वत् , छठ, ल्योसार, इद, बकर इदको आवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले नेपालमा माओवादीले सुधार सहितको नेतृत्व गरिरहेको भन्दै उहाँले… पुरा पढौ

बागलुङमा समाजवादी मोर्चा घोषणा

बागलुङमा चार राजनीतिक दल मिलेर मंगलबार समाजवादी मोर्चा नेपाल बागलुङको घोषणा गरेका छन्। समाजवादी मोर्चा केन्द्रदेखि प्रदेश हुँदै जिल्लामा समेत गठन गर्ने नीति अनुसार बागलुङमा गठन गरिएको हो । बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरी समाजवादी मोर्चा नेपाल जिल्ला समिति बागलुङ गठन भएको घोषणा गरेका छन् ।नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले मोर्चा घोषणा गरेको जानकारी गराइएको हो । चार दलका जिल्ला नेतृत्वको सोमबार सम्पन्न बैठकले गरेको निर्णय र समाजवादी मोर्चाको… पुरा पढौ

समाजवादी माेर्चा नेपाल गठन

बागलुङ ,असाेज ३० समाजवादी माेर्चा केन्द्र देखि प्रदेश हुदै जिल्ला समेत गठन गर्ने निति अनुसार समाजवादी माेर्चा नेपाल संयाेजन समिति बागलुङ गठन गरेको छ । जिल्लामा क्रियाशील समाजवादी माेर्चा निकट राजनीति पार्टी नेकपा माआ‌ेवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी ,जनता समाजवादीले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरि समाजवादी माेर्चा नेपाल गठन भएको घाेषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका आकाशकाे संयाेजकत्वमा जिल्ला समिति गठन गरेकोे छ ।माेर्चाकाे सदस्यहरूमानेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र बाट चन्द्र बहादुर थापा शिखर ,टीकाकुमारी विक… पुरा पढौ

पशुपति नाथ अगाडि चीनको स्कुटर के काे लागि ?

हिडन खबरदाता काठमाडौ ,नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे छिमेकी  राष्ट्र चीनको भ्रमणमा रमाइ रहेको समयमा चीनको आधुनिक यन्त्र जडित स्कुटर चर्चामा आएको छ । देशकाे सरकार कमजोर भयो भने जसले पनि हेप्छ भन्ने कुरा केही बर्ष यता छर्लङ्ग हुदै आएको छ ।हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र भगवान पशुपति नाथकाे मन्दिर परिसरमा आज शुक्रबार दिउँसो एउटा विदेशी राष्ट्रकाे नम्बर प्लेट भएको स्कुटर पार्किङ गरिरहेकाे दृश्यले ध्यानाकर्षण गराएको छ । पशुपति क्षेत्रमा त्यो पनि नितान्त धार्मिक आस्थाको केन्द्र अगाडि छिमेकी राष्ट्र चीनको नम्बर… पुरा पढौ

संबिधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधन

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे हृदयाघातका कारण निधन भएको छ ।राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा… पुरा पढौ

मेयरको सचिवालयका कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

 उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले घुस मागेको अडियो सार्वजनिक भएको छ । उनले नगरपालिकामा जागिर लगाइदिन्छु भनेर एक व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा गुड्डुकुमारी मण्डलले आफूसँग अहिले ५० हजार रुपैयाँ रहेको बाँकी पैसा १० दिनभित्र दिने बताउँछिन् । तर राईले पुरै पैसा दिनुपर्ने अडान लिएका छन् । नगरपालिकाले नगरअस्पतालका लागि कम्‍प्युटर अपरेटर, ल्याब असिस्टेन्ट अनमी, अहेबलगायत करारमा नियुक्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा अनमीमा नाम… पुरा पढौ