राजनीति

प्रधानमन्त्री केपी ओलीद्वारा पदभार ग्रहण

काठमाडौं /नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ । अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।  प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद कार्यालयको गेटमा त्यहाँका कर्मचारीहरुले टिका र फूलामाला लगाएर स्वागत गरेका थिए ।  संविधानको धारा ७६ (२) अनुसार हिजो प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । त्यसपछि लगत्तै उहाँ लैनचौरस्थित शहीद स्मारक पुगेर सहिद प्रति श्रद्धा सुमन ब्यक्त गर्नुभएको थियोे । लैनचौरबाट च्यासलस्थित पार्टी… पुरा पढौ

मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन : प्रधानमन्त्री

काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा राजनीतिक दलका नेताहरूले राखेका आ–आफ्ना धारणामा स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका क्रममा भएका विचारविमर्श भने राम्रो भएको बताउनुभयो । “कुनै पनि मान्यसदस्यहरूलाई ‘कन्फ्युजन’ नहोस्, मैले आज आक्रोश र भावना राखेको होइन,” प्रधानमन्त्रीले भन्नुभयो, “मैले आफ्नो दल र पार्टीको चिन्ता गम्भीरताका साथ राखेँ, यो कुनै आवेग होइन, भावना… पुरा पढौ

मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो : प्रधानमन्त्री

काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्नु आग्रह गर्नुभएको भएको छ । समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उहाँले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्प संख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गर्नुभयो । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवाद र प्रतिरोधको पहल भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ?… पुरा पढौ

सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौँ, २७ असार : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उहाँका परिवारका सदस्यहरूले क.सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा… पुरा पढौ

रास्वपाका महामन्त्री मुकुल ढकाल पदमुक्त

काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो। ढकाल अब पार्टीमा साधारण सदस्य मात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिए। केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई समेत ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति… पुरा पढौ

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन

काठमाडौँ, २३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ । महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कानुनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्र्दै प्राप्त सुझावलाई सरकारले गम्भीररूपमा लिएर अगाडि बढाउने बताउनुभयो । प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र फौजदारी कसुर… पुरा पढौ

असार २८ गते प्रधानमन्त्री प्रचण्डले बिश्वासकाे मत लिने

काठमाडौं / सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते, शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाइएको छ। नेपाली कांग्रेस र एमाले बिच नयाँ सत्ता समिकरण भइ प्रधानमन्त्री दाहाललाई राजीनामा दिन दबाब दिइरहेको बेला प्रधानमन्त्री दाहालले असार २८ गते शुक्रबार संसदमा बिश्वासकाे मतकाे लागि तयार भएका हुन् । पुरा पढौ

रास्वपा महामन्त्री ढकाल ७ दिनको लागि निलम्बन

२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाललाई पार्टी अनुशासन उलंघन गरेको भन्दै एक साताको लागि निलम्बन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डाेल प्रसाद अर्यालले एक महामन्त्री तथा प्रवक्ता लाई पत्र लेखी पार्टीप्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकाल बुधबार पार्टी अनुशासन विपरीत अभद्र अशाेभनिय अमर्यादित अनुशासनहिन ब्यवहार प्रस्तुत गरेको भन्दै एकसाताकाे लागि निलम्बन गरेको जनाएको छ । उपसभापति अर्यालले महामन्त्री ढकाललाई कार्वाही गरेको बाेधार्थ केन्द्रीय अनुशासन आयाेगलाई पठाएको छ । बैठकको मुख्य एजेन्डा थियो,… पुरा पढौ

विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने

असार १९, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, "विदेश जाने नेपालीहरूको संख्या… पुरा पढौ