राजनीति

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताउनुभयो । “सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन… पुरा पढौ

निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पार्नुभयो । “चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५… पुरा पढौ

पाँच राजनीतिदल बिच भयो ७ बुँदे सहमति

काठमाडौ / सत्तारूढ नेकपा एमाले ,माआ‌ेवादी केन्द्र नेकपा एकीकृत समाजवादी ,राष्ट्रिय स्वतन्त्र पार्टी ,जनता समाजवादी पार्टी बिच फेरि ७ बुँदे लिखित सहमति भएको छ । एमालेका अध्यक्ष केपी शर्मा आ‌ेली ,नेकपा माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ,जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार लिखित ७ बुँदे सहमति गरेका हुन् । त्यसैगरी भोलि प्रतिनिधिसभाको बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत प्रदान… पुरा पढौ

राष्ट्रिय सभाको अध्यक्षमा माआ‌ेवादी केन्द्रका दाहाल निर्वाचित

काठमाडौ / राष्ट्रिय सभाको आज भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उमेदवारी दिनु भएका माआ‌ेवादी केन्द्रका नारायण दाहाल ३९ मत पाएर निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत प्राप्त गर्नु भएको थियो । पुरा पढौ

बदलिएको परिस्थितीअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको दिर्नेशन

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो । “बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को… पुरा पढौ

नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर : प्रधानमन्त्री

काठमाडौँ, २७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताउनुभएको छ । नेसनल क्याडेट कर्प्स (एनसिसी) कार्यक्रम अन्तर्गतको विभिन्न दक्षिण एसियाली देशका सैन्य अधिकृतबीचको तालिम आदानप्रदान कार्यक्रममा सहभागी सैन्य प्रशिक्षार्थीहरूसँग आज सिंहदरबारमा भएको भेटममा उहाँले एकअर्का देशको आर्थिक–सामाजिक एवं सांस्कृतिक अवस्थाबारे सचेतना र सम्मानमा विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो । “मलाई विश्वास छ, यो कार्यक्रमले देशहरूबीच रहेका अदृश्य सीमाहरू उजागर गर्ने र त्यसलाई न्यूनीकरण गर्नेछ”… पुरा पढौ

परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ

काठमाडौँ, २६ फागुन : प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितीका बारेमा संसदीय दललाई जानकारी गराउनुभएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्नुभएको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराउनुभएको थियो । त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा… पुरा पढौ

जनप्रतिनिधि जनजिविकाको मुद्धामा केन्द्रित हुनुपर्छ

बागलुङ / गण्डकी प्रदेशका सांसद दोर्ण कुँवरले जनप्रतिनिधीले आफनो पार्टी, जातीको स्वार्थमा केन्द्रित नभई जनताको जनजीविका, जीवन स्तर रुपान्तरण गर्न प्रतिवद्व हुनु पर्ने बताउनु भएको छ । जनसिर्जनशिल युवा क्ल्व गलकोट नगरपालिका वडा नम्वर ३ बोहोराफाँटको ११ औं वार्षिकोत्सव तथा महाशिवरात्री मेलालाई सम्बोधन गर्दै सांसद कुँवरले जनताको मुद्वा भन्दा बाहिर नगई शुसासनलाई केन्द्रमा राखेर जनताका सपना, योजना र आकांक्षा पुरा गर्नुुपर्ने कुरामा जोड दिनुभयो । कुवँरले गलकोटमा ईलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना गर्न आवश्यक रहेको र त्यसको लागि… पुरा पढौ

अन्तर्वार्ता–प्रधानमन्त्रीको कांग्रेससँग सहकार्य टुट्नुमा राजनीतिक बैचारिक कारण मुख्य हो: गोविन्द आचार्य, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

गोविन्द आचार्य पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार हुनुहुन्छ । पछिल्लो समय राजनीतिक समीकरण निर्माण भएसँगै राजनीतिक वृत्तमा देखिएका विविध टीकाटिप्पणीबारे उहाँसँग राष्ट्रिय समाचार समिति (रासस)ले गरेको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । प्रधानमन्त्रीले कांग्रेससँगको सत्ता सहकार्यको गठबन्धन अकस्मात तोडेर नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाउनुपर्ने आवश्यकता किन पर्‍यो–कांग्रेससँगको सत्ता गठबन्धन रातारात टुटेको होइन । यसका पछाडि प्रधानमन्त्रीज्यूको कांग्रेससँग केही राजनीतिक, वैचारिक, सैद्धान्तिक र व्यावहारिक मतभेदहरु रहेका छन् । मुख्यरुपमा राजनैतिक वैचारिक मतभेद… पुरा पढौ

रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ : प्रधानमन्त्री

काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताउनुभएको छ । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कुटनीतिक दबाब बढाइएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले… पुरा पढौ