काठमाडौँ, १६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवं अपेक्षाहरू पूरा गर्नका लागि सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले देशको अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री भन्नुभयो, “आन्दोलनका नेताहरूले अझ ठूलो परिवर्तनका निम्ति एवं नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिन जरुरी छ, एकताबद्ध एवं केन्द्रित हुन जरुरी छ ।”…
पुरा पढौ