बागलुङमा जिल्ला स्तरीय अन्तर मावि छात्र छात्रा तेक्वान्दो प्रतियोगिता सुरु

-


     सुवास आचार्य    
     असार १२ गते २०८० मा प्रकाशित


बागलुङमा जिल्ला स्तरीय अन्तर मावि छात्र छात्रा तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङको मुल आयोजना र बागलुङ तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले खेल पुर्वाधार विकास विना सिङ्गो खेलकुदको विकास असम्भव भएको बताउनु भएको छ । राज्यले खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसकेका कारणले खेलकुदले अपेक्षाकृत फड्को मार्न नसकेको तर्क गर्दै स्थानिय सरकारको यसतर्फ ध्यान जान आबश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिका १ का वडा अध्यक्ष जय बहादुर केसी, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष बाबुलाल शाक्य लगाएतले बोल्नु भएको थियो । प्रतियोगितमा जिल्ला भरका विभिन्न विद्यालयका २ सय ५६ छात्र छात्रा हरुको सहभागि रहेका छन् । प्रतियोगितामा छात्र छात्रा तर्फ ८ तौल समुहमा प्रतिशपर्धा गराईको प्रशिक्षक तार्जन कायत मगरले बताउनु भयो । मंगलबार क्वाटर फाईनलको चरण सकिएको र वुधारबार फाइनल हुने मगरले जानकारी दिनु भयो ।

कार्यक्रम बागलुङ तेक्वान्दो संघका अध्यक्ष कर्ण बहादुर बोहोराको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण शर्माको स्वागत र कोषाध्यष कल्पना श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । खेलकुदको विकास,विस्तार, संरक्षण गर्नुका साथै प्रतिभावान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन गर्ने ,खेलाडीहरुमा स्तरियताको थपअभिबृद्दी गर्ने उद्देश्यले आयोजित प्रतियोगिता दिन सम्म सञ्चालनहुने छ ।