लखन कप-२०७८ फाल्गुन १२ देखि १५ सम्म !

-


     राम प्रसाद घिमिरे     
     फागुन ३ गते २०७८ मा प्रकाशित


नेपाल मगर संघको स्थापना दिवसको अवसरमा बागलुङमा विविध खेलकुद एवं मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने भएको छ ।
संघको ४०औं स्थापना दिवसको अवसरमा मगर युवा संघ बागलुङको आयोजनामा चार दिवसीय कार्यक्रमका साथ मनाउन लागिएको खेलकुद संयोजक किशोर थापाले बताए ।

फाल्गुन १२ गते देखि १५ गते सम्म कालिका भगवती गुठीको बाल उद्यान परिसरमा सञ्चालन हुने कार्यक्रममा लखन कप खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल, अन्तर मावि स्तरीय लोक नृत्य, घैंटोफोर, कुर्चीदौड र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको जनाएको छ । पुरुष र महिला भलिबल खेलमा बागलुङ जिल्ला भित्रका वडाहरुले मात्र सहभागी हुन पाउने संयोजक थापाले हिडन खबरलाई बताए ।

४ हजार दर्ता शुल्क रहेको पुरुष भलिबलको विजेताले ८१ हजात १ सय ८१ र उपविजेताले ४१ हजार १ सय ४१ रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै २ हजार ५ सय दर्ता शुल्क रहेको महिला भलिबलको बिजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन, सेमिफाइनल बाट बाहिरिने २ टिमलाई १०/१० हजार नगद प्राप्त गर्नेछन भने अन्य खेलहरुमा पनि नगद एवं जिन्सी पुरस्कारको व्यवस्था गरिएको आर्थिक संयोजक प्रकाश थापाले हिडन खबरलाई जानकारी दिए ।

कार्यक्रम अबधिभर रास्ट्रिय एवं स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक मन बहादुर पुनले बताए ।