गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङलाई

-


     हिडन खबर    
     असार २४ गते २०७९ मा प्रकाशित


बागलुङले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्यपदकसहित कुल २७ पदक जितेर रनिङ शिल्ड हात पारेको हो ।

नवलपुर ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङ्जा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उपाधि सहित बागलुङले रनिङ शिल्डसहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङ्जाले नगद १० हजार प्राप्त गरेका छन् ।

असार २३ गतेबाट पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्रतर्फ एक कास्य कबड्डी छात्रतर्फ एक स्वर्ण पदक हात पा¥यो ।

एथलेटिक्सतर्फ ९ स्वर्ण ४ रजत र ५ कास्यपदक जितेर सनसनी मच्चाएरको नवलपुरले कराँतेमा १ रजत हात पार्दा तेक्वान्दोमा १ रजत र १ कास्य तथा कब्बडी छात्रातर्फ १ कास्य जित्यो । स्याङ्जाले एथलेटिक्समा ५ स्वर्ण, २ रजत र १ कास्य, कराँतेमा १ कास्य तथा भलिबल छात्र-छात्रा तर्फ १-१ स्वर्ण जित्यो ।

विजयी टोली तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, प्रदेश निति तथा योजना आयोगका सदस्य डा.सुवास अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ । उनीहरुलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने उनीहरु यहि असार २७ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्य सचिव गुरुङले जानकारी दिए । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गते सम्म काठमाडौमा सञ्चालन हुनेछ ।