हिर्काउला ‘ लौरो ‘ ले ट्वाक्क ट्वाक्क ट्वाक्क … !

-


     हिडन खबर    
     जेठ ८ गते २०७९ मा प्रकाशित


भास्करराज राजकर्णिकार

काठमाडौँका मतदाताले जुनसुकै मनशायले होस् परिबर्तन र आमुल रुपान्तरणको पक्षमा मत जाहेर गरेर राज्य बिरुद्धको क्रान्तिको उद्द्घोष गरेकाछन / साथै उपत्यका कसैप्रति भेदभाब र बैरभाब राख्दैन भन्ने प्रष्ट संदेश पनि दिएकोछ / कसैले यसलाई राज्य र राज्य ब्यबस्था प्रतिको नैराश्यताको मत पनि भनेका छन् / कसैले ‘ कहिले बेल्बतम त कहिले टाइट पाइन्ट ‘ लगाउने फैसन जस्तै बदलाबको संज्ञा दिएका छन् / तर जे होस् जाहेर मत जस्तो सुकै मनस्थितिले दिएको भएपनि यसको अबमुल्यन हुनुहुन्न / जनमतको सम्मान प्रजातन्त्रको प्रमुख आधार स्तम्भ हो /
बालेन ,विजय उन्मुख मत परिणामको एउटा अर्को गतिलो जवाफ हो , काठमाडौँबासी दुनियाका कुनै नागरिक भन्दा कम संबेदनशील र कम अध्यनशील छैन भन्ने प्रमाण हो / काठमाडौँ खाल्डोका भ्यागुता केवल ‘ त्वार त्वार ‘ गर्छ दुनियामा के भैरहेको छ , बुझ्दैनन् भन्थे / त्यो गलत साबित भएको छ , काठमाडौँका रैथाने मतदाता सबै बुझछन र समय मै त्यो गतिलै किसिमले अभिव्यक्त पनि गर्छन /

अब प्रश्न , काठमाडौँबासीको प्रतिनिधि छनौटको यो प्रतिक्रियाले के राजनीतिक दलहरु प्रतिको बितृष्णा छरप्रष्ट भएको हो ? यो मत जाहेरको प्रक्रियाले प्रष्ट जाहेर गरेको जवाफ हो / उप प्रमुखमा सुनिता डंगोलले एमालेबाट उम्मेदबारी पनि प्रष्ट बहुमतले चुनिदै छन् / यसबाट दलहरु र दलको निर्णयहरु प्रति उ कुनै सरोकार राख्दैन / आफुहरुलाई आबस्यक र इच्छा मुताबिकको व्यक्तित्व छनौट काठमाडौँका मतदाताको रुचि झल्किएको छ /

मतदाताहरुको यो मतको रुझानले एकातिर दलको छनौटलाइ पुरै खारेज गरेर आफ्नो मतको अधिकारलाइ स्थापित गरेको छ / र फेरि यो परिस्थितिले एउटा गहन मुद्धा जन्माएको छ , बालेन जस्तो स्वतन्त्र उम्मेदबारको ‘ उत्तरदायित्व र बिश्वनियता ‘ कसरि सुनिश्चित गर्ने ? यदि भोलि बालेनले ‘ डेलिभरी ‘ गर्न सकेनन भने को जिम्मेबार हुन्छ ? मतदाता स्वयम वा बालेनको पछाडीको भिड ? या एक्लो बालेन ? प्रजातन्त्र र दलिय व्यवस्थामा यस्ता प्रश्नहरु उठ्छन तर काठमाडौँको मतदाताले यस्ता प्रश्नहरुलाई पुरै नजरअन्दाज गरिदिएको छ / यो एउटा जोखिपूर्ण प्रयोग हो /
अन्तमा , जे सुकै भन्दा पनि बालेन अब काठमाडौँको छनौट हो / यो यथार्थबाट कोहि विमुख हुनै सक्दैन / यो जनमत हो र सत्य पनि हो / तर पुरातन, एतिहासिक , परमपरागत सुसकृत र तन्त्रमन्त्रमा सुसजित काठमाडौँले अब बालेनसंग के खोजेको छ , के माग्छ भन्ने कटु यथार्थ संग के बालेन स्वयम् बिज्ञ होला ? अत्याधुकिक काठमाडौँको आउदो पुस्ताले कस्तो आधुनिक काठमाडौँ खोज्ला त ??
काठमाडौँ , जित्न जति सजिलो छ , बुझ्न धेरै गाह्रो छ / बडामहाराजाधिरज पृथ्वी नारायण शाहले समेत काठमाडौँ जितिसके पछि मात्रै ‘ काठमाडौँ ‘ बुझ थालेका थिए / त्यसैले त जितेको काठमाडौँ, काठमाडौँ कै स्वरुप , आचरण ,चरित्र , परम्परा , रितिरिवाज , भाषाभेश , रहनसहन , चाडबाड, तन्त्रमन्त्र , सुसंस्कृति , प्राकृतिक धरोहर , भूगोल , जातजाति , रितिथिति र मौलिकतालाइ जिउदो राख्दै आफै काठमाडौँ कै बने / र काठमाडौँले पनि सहर्ष स्वकरेर देशको राजधानी बनिरह्यो / तथ्य यति मै सिमित छैन , काठमाडौँ सबैलाई आफ्नो ठान्छ / र ति सबैले काठमाडौँ बुझी दिवोस भन्ने पनि चाहन्छ / देशभरिलाइ अवसर दिन्छ तर आफ्नो जिबन्तताको मौकिकता बचिरहोस भन्ने चाहन्छ / सबैलाई सहर्ष स्वीकार गर्छ तर आफ्नो अस्तित्व मर्न दिदैन / काठमाडौँ र काठमाडौँबासीको चरित्र विचित्रको छ / जसले बुझ्छ र स्वीकार्छ उ काठमाडौँ कै बन्छ /
अब,बालेनको सुनिस्चित जित पछिको अहम प्रश्न , बालेनको महत्वआकन्क्षाको काठमाडौँ कस्तो हुन्छ ? काठमाडौँको मौलिक चरिता अनुसारको कि आजको बदलिदो परिबर्तनको नया तस्विर र तरिकाको ? हामीलाइ अत्याधिनिक सुबिधा पनि चाहिएको छ , सम्पदाको रक्षा पनि , हामीलाई तिब्र आर्थिक गति र औद्योगिक विकासको अनि रोजगारी पनि चाहिएको छ , पर्यावरणको सन्तुलित सम्बर्धन पनि , हामीलाई देशको आधा भन्दा बडी जनसंख्याको काठमाडौँमा बस्ने चाहना पनि पुर्याउनु छ संगै माटोको मौलिकता पनि जोगाउनु छ / चुनौती धेरै छ , काठमाडौँ को / बालेनको लक्ष र महत्वआकन्क्षा ‘ मौलिक योजना ‘ के ? यो प्रश्न बालेनको मात्रै र बालेनलाइ मात्र पनि होइन / यो चिन्ता र चासो ‘ राज्य हाक्छु ‘ भन्ने राजनीतिक दलले सम्बोधन नगर्ने हो भने अब आउने संघिय निर्बाचनको नतिजा यो भन्दा ‘ अदभुत र अप्रत्याशित ‘ हुनसक्छ / इति श्री !

सामाजिक संजाल फेसवुक वालबाट