बिद्यालय स्तरीय खुल्ला दौड प्रतियोगीता सम्पन्न

-


     हिडन खबर    
     चैत्र १४ गते २०७८ मा प्रकाशित


अनुशासन, गतिशीलता,विकास र गरिमा भन्ने मुल नारासाथ जिल्ला खेलकुद विकास समिति बागलुङको आयोजना प्रदेश खेलकुद परिषद गण्डकीको समन्वयमा माध्यमिक विद्यालय स्तरीय खुल्ला छात्र दौड प्रतियोगिता बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।

बागलुङ प्रवेशको मुख्य प्रवेशद्वार मालढुंगादेखि बाङ्गेचौर खेलकुद मैदानसम्म भएको करिब ४ किलोमिटर दौड प्रतियोगितामा युएस एकेडेमीका राम नेपाली प्रथम,धौलागिरि बहिरा आवासिय माध्यमिक विद्यालयका किशोर थापा द्वितीय, रूद्रेपिपल माध्यमिक विद्यालयका प्रेम गुरूङ तृतीय र सोही विद्यालयका लोकेन्द्र मगर शान्त्वना भएका थिए ।

प्रथम हुनेलाई नगद ८ हजार द्वितीयलाई ५ हजार, तृतीयलाई ३ हजार र शान्त्वनालाई २ हजार नगद प्रदान गरिएको थियोे ।
दौड प्रतियोगितामा जिल्लाका ११ वटा माध्यमिक विद्यालयका ३१ जना छात्रले भाग लिएका थिए ।

दौड प्रतियोगितामा विजयी हुने छात्रहरूलाइ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले नगद ,प्रमाणपत्र र मेडल सहित सम्मान गर्नु भएको थियोे ।

खेलकुद गतिविधि लाई चलायमान बनाउन विद्यालय तह देखिनै विद्यार्थीलाई खेलकुदमा क्रियाशील बनाउन सकेको खण्डमा भबिस्यमा राम्रो खेलाडी तयार गर्न सकिने अध्यक्ष खड्काले बताउनुभयो । कार्यक्रम खेलकुद विकास समितिका सचिव तारा शर्माको संचालनमा सम्पन्न भएको थियोे ।