राजनीति

बागलुङमा नेपाल बन्दकाे प्रभाव !

बहुचर्चित अमेरिकी प्रकरण मिलिनियम च्यालेन्स कर्पोरेसन एमसिसि नेपालमा लागू गर्न खाेजेकाे बिराेधमा आयोजना गरिएको नेपाल बन्दकाे प्रभाव बागलुङ जिल्लामा पनि परेको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी पार्टी तथा देशभक्त गणतान्त्रिक मोर्चा सहितको संलग्नतामा आयोजना गरेको नेपाल बन्दकाे कारण गण्डकी प्रदेशको मुख्य ब्यापारी केन्द्र बागलुङ सदरमुकाममाका बजार यातायात बन्द रह्यो । बागलुङ सदरमुकाममा नेपाल बन्द… पुरा पढौ

बागलुङमा २७ औं जनयुद्ध दिवस मनाइयो !

नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङले २७ औं जनयुद्ध दिवस मनाएको छ । आइतबार चियापान र शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरे अनिलले समन्ती व्यवस्था अन्त्यको लागि जनयुद्ध सुरु गरेको बताए । सवै वर्गको अधिकार स्थापित गर्न जनयुद्धको भएकोले जतयुद्धबाट प्रप्त उपलव्धीको संस्थागत गर्न आवश्यक… पुरा पढौ

एमसिसि गिट्टी कुट्ने देखि महलमा बस्ने सबैलाई राष्ट्रघाति

नेपाली कांग्रेसका केन्द्रीय उप सभापति धनराज गुरूङले अमेरिकी सहयोग परियोजना (एमसिसि) यतिबेला राष्ट्रघाति भएको भनेर प्रचारप्रसार भइरहेको छ गिट्टी कुट्ने देखि काठमाडौकाे महलमा बस्ने सबैले यसलाई राष्ट्रघाटी भन्ने बहस भइरहेको बताए । अङ्ग्रेजी पढ्ने जान्ने काे कुरा छाडिदिउ यतिबेला एमसिसि राष्ट्रघाँटी हाे भन्ने बहस भएको हुदा याे राष्ट्रघाति हाे कि हैन भन्ने बारे अध्ययन गर्न जरुरी भएको नेता गुरूङले बताए । नेपाली कांग्रेस बागलुङकाे क्षेत्र नम्बर १ काे क्षेत्रीय कार्यालयकाे बागलुङ सदरमुकाममा एक कार्यक्रम बिच उद्घाटन कार्यक्रममा एमसिसि बारे प्रधानमन्त्री… पुरा पढौ

एमसीसीको बिरोधमा नेकपा एकीकृत समाजवादी द्वारा र्याली !

अमेरिकी सहयोग परियोजना (एमसिसि) को बिरोधमा बागलुङमा र्याली गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको नेतृत्वमा बागलुङ सदरमुकाममा बाइक र्याली गरिएको हो । अमेरिकी सहयोग लोभमा नेपालको राष्ट्रियता नै खतरामा पार्ने गरि देखाइएको सहयोग नेपाल र नेपालीका लागि कुनैपनि हालतमा स्विकार्य नहुने कोणसभामा बोल्ने वक्ताहरूले धारणा राखेका थिय ।  नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बाट सुरु गरिएको मोटरसाइकल र्याली बजारका मुख्य सडक हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टिका जिल्ला अध्यक्ष लाल… पुरा पढौ

ताराखोला गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न !

मन्दिप निउरेताराखोला बागलुङ ताराखोला गाउँपालिकामा गाउँसभाको दशौँ अधिवेशन मंगलबार सम्पन्न भएको छ ।सभामा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन रोकाद्वारा एजेण्डाहरु छलफलको लागि सभामा प्रस्तुत गरिएको थियो । सभाले ताराखोला गाउँपालिकामा गाउँसभा अन्तर्गत रहने विषयगत समितिमा (लेखा समिति, विद्यान समिति, सुशासन समिति) को कार्य सञ्चालन कार्यविधि २०७८ सर्वसम्मत रुपमा स्वकृत गरेको छ । त्यस्तै स्थानिय सेवा ऐन २०७८ माथि छलफल गरी संघिय सेवा निजामति सेवा ऐन र प्रदेश निजामति सेवा ऐन नवन्दा सम्मको लागि ताराखोला गाउँपालिकाको स्थानिय सेवा ऐन २०७८ स्वकृत… पुरा पढौ

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा: शिक्षामन्त्री पौडेल

मन्दिप निउरेताराखोला माघ २४ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तरक्रियामा उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो ।“यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भन्नुभयो, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताउनुभयो । शिक्षकको वृत्ति विकासमा शिक्षा… पुरा पढौ

विजयको योगदानको सम्झना

पोखरामा बिहीबार आयोजित कार्यक्रममा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका क्रममा सहिद बनेका विजय ढकालको सम्झना गरिएको छ । उनको १७ औं स्मृति दिवसमा बिहीबार साँझ पोखरा ६ सहिद पार्कमा दीप प्रज्वलन गरिएको छ । उनको २०६१ पुस २९ निर्मलपोखरीको साम्मीमा सुरक्षाकर्मीले हत्या गरेका थिए । विजयकी आमा पारु ढकालले उनको शालिकमा पुष्पार्पण गरिन् । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले विजयहरुकै योगदानको जगमा अहिलेको परिवर्तन सम्भव भएको बताए । उनले सहिद, बेपत्ताका सपना अझै पूरा नभएकाले उनीहरुले देखाएको बाटोमा दृढतापूर्वकअघि… पुरा पढौ

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेश सभामा जानकारी गराएका थिए। नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। यस्तै विवेकशील साझा र नेमकिपाले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। नेकपा (एकीकृत समाजवादी)का पाण्डे… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ ।… पुरा पढौ

अवसरवादको खेती गर्ने कम्युनिस्ट हुन सक्दैनन् ः पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरू सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् । नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दसँै, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सच्चा कम्युनिष्टले आप्mनो पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने जनाए । उनले पार्टीलाई थप क्रियाशील तथा सङ्गठित बनाउँदै अघि बढिने उल्लेख गरे । जनताको समर्थन हुँदाहुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्ने काम भएको बताउँदै उनले मुलुकको आर्थिक विकास… पुरा पढौ