राजनीति

स्वतन्त्र उमेदवारकाे प्रचारमा धरानका मेयर कीर्तिपुर

काठमाडौं मंसिर १० यहीँ मंसिर १६ गते हुने स्थानीय तहको उप निर्वाचन जति नजिक आइरहेको छ निर्वाचनको प्रचारप्रसारले त्यति नै तिब्रता पाइरहेको छ । मंसिर १६ गते हुन गइरहेको कीर्तिपुर नगरपालिकाकाे उप निर्वाचनमा उमेदवार बनेका स्वतन्त्र उमेदवार लाई निर्वाचन जिताउने अभियानमा धरान उप महानगरपालिकाका मेयरहर्क साम्पाङ्ग आएर स्वतन्त्र उमेदवार राजमान मानवकाे पक्षमा खुलेर सभामा सम्बाेधन गरेका छन् । कीर्तिपुर पाङा लाक्षीमा आयाेजीत कार्यक्रममा वक्ताहरूलेयदि देशमा राम्रोसँग विकास गर्ने हाे भने राजनीति दलका उमेदवार लाई नभइ स्वतन्त्र रूपमा राम्रोसँग काम गर्ने… पुरा पढौ

जनताको सेवा प्रवाह प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यकः प्रचण्ड

गोरखा, ६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले प्राप्त गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक रहेको बताउनुभएको छ । गोरखा नगरपालिको प्रवर्धन र गोरखा होटल व्यवसायी समितिको आयोजनामा गोरखामा भएको ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रदेश तहलाई प्रभावकारी बनाउन नसक्दा हिजो गरिएको संघीयताताको परिकल्पना पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले संविधान निर्माणको बेलामा संघ, प्रदेश र स्थानीय तह आफूहरुले अघि सारेको अवधारणा भएकाले… पुरा पढौ

माआ‌ेवादी वडा अध्यक्ष निर्विरोध निर्वाचित

रूकुम /मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उप निर्वाचनमा रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ। काग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी आफ्नो उमेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा २ को अध्यक्षमा जगत घर्ती निर्बिरोध निर्वाचित भएका हुन् ।घर्तीले बिज्ञप्ती प्रकाशित गरेर आफ्नो उमेदवारी फिर्ता गरेको जानकारी गराएका छन् । आज उमेदवारी फिर्ता गर्ने निर्वाचन अधिकृत कार्यालयकाे कार्यक्रम अन्तर्गत जीवन राेकाले आफ्नो उमेदवारी फिर्ता गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिए । निर्वाचन… पुरा पढौ

राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैनः प्रचण्ड

काठमाडौं, १ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको बेलामा आफूहरुले फरक मतको रुपमा छाडेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षण उद्घाटन गर्दै उहाँले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनः आवश्यक भएको बताउनुभएको हो । ‘हामीले संविधान जारी हुँदा जे नोट अफ डिसेन्ट लेखेका थियौं, ती पूरा नहुँदासम्म देशमा राजनीतिक स्थायित्व, सुशासन,… पुरा पढौ

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

काठमाडौं, ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र प्रतिगमनतर्फ फर्कने कसरतका विरुद्ध परिवर्तनका हिस्सेदार शक्तिहरु एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘हामी आज देख्छौं समाजलाई अलिकति अराजकता र निरंकुशतातिर फकाउने कसरतहरु भइरहका छन्’– उहाँले भन्नुभयो– ‘एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक मूल्य मान्यताबाट पछि हट्न खोज्ने… पुरा पढौ

आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता कार्यकतालाई प्रचण्डको निर्देशन

काठमाडौं, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं’– अध्यक्ष प्रचण्डले नेता कार्यकर्तालाई निर्देशन दिंदै भन्नुभयो– ‘हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस् ।’ अन्य दलभन्दा माओवादी… पुरा पढौ

थाहा आन्दोलनका अगुवा रूपचन्द्र बिष्टको शालिकमामाल्यार्पण

कार्तिक २४ मकवानपुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता एवं थाहा दर्शनका प्रणेता तथा थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टको सम्मानमा मकवानपुरको थाहा नगरपालिकामा निर्मित शालिकमा माल्यार्पण गर्नुभएको छ। बिष्टले अघि सारेको थाहा दर्शन एवं आन्दोलनको सम्मानमा मकवानपुरमा नगरपालिकाको नाम नै थाहा राखिएको छ।आज एक कार्यक्रम बिच अध्यक्ष दाहालले शालिकमा माल्यार्पण गर्नुभएको हाे । पुरा पढौ

युवा संगठनकाे सम्मेलन लाई सम्बाेधन गर्न माआ‌ेवादी अध्यक्ष मकवानपुर

मकवानपुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुर पुग्नु भएको छ । मकवानपुरको चित्लाङमा पुग्नु भएका अध्यक्ष दाहाललाई स्थानीयबासीले स्वागत गरेका थिए । अध्यक्ष प्रचण्डले आज मकवानपुरको थाहा नगरपालिकामा युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । पुरा पढौ

छठ पर्वको अवसरमा माआ‌ेवादी केन्द्रका अध्यक्ष दाहालको शुभकामना

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना ब्यक्त गरेका हुन्। मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको मानिन्छ भनेर अध्यक्ष दाहालले भनेका छन्… पुरा पढौ

कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यकः प्रचण्ड

काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौं । हरेक पार्टीभित्र इमान्दार… पुरा पढौ