राजनीति

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता

कम्पाला। नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो। भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुबै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिनुभयो। भेटमा प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा… पुरा पढौ

युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया

कम्पाला। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गर्नुभएको छ। भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन… पुरा पढौ

युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया

कम्पाला। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गर्नुभएको छ। भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन… पुरा पढौ

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ। सोमबार दिउँसो काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै निरंकुशताका विरूद्ध सङ्घर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा,… पुरा पढौ

नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री

काठमाडौं, २९ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ ।चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेकोे बताउनुभयो ।प्रधानमन्त्रीले भन्नुभयो,"हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।" नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो,"यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ । आन्तरिक तथा… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

सुजन आचार्य काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । उहाँले सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेल बिहान सिंहदरबार पश्चिम गेट पुगेर माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गर्नुभएको थियोे । आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले सार्वजनिक बिदा दिएको छ । यसैगरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०२ आ‌ैं… पुरा पढौ

एक्काइसौं शताब्दीको जनवाद नयाँ ढंगले लागू गर्दैछुः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेकोमा जोड दिँदै आफूले एक्काइसौं शताब्दीको जनवादलाई फरक ढंगले लागू गरिरहेको बताउनुभएको छ। सोमबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका निम्ति बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्रीले आफूले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न लागेको बताउनुभएको हो। बैठकमा नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर… पुरा पढौ

राष्ट्रिय हितप्रतिकूल सम्झौता गर्ने कल्पना पनि गर्न सक्दिनँः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हितप्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताउनुभएको छ। शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। छलफलका क्रममा सांसदहरूले बिहीबार प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे स्पष्ट गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, “हिजो भारतीय विदेशमन्त्रीसँग मेरो “वान टु वान”… पुरा पढौ

आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुनेछ : प्रधानमन्त्री प्रचण्ड

रामेछाप/ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताउँदै आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभएको छ। रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको उर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुनेमा जोड दिनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, "मेरो भारत भ्रमणका क्रममा नै नेपालले दश वर्षमा दश हजार विद्युत… पुरा पढौ

भारतीय विदेशमन्त्रीद्वारा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता

काठमाडौं / भारतीय विदेशमन्त्री एस जयशंकरले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन । दुई दिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका उनले शितल निवास पुगेर राष्ट्रपति पौडेल र सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल–भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य आवश्यक रहेको बताएका छन । राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय नेपाल र भारतको साझा मुद्दा  भएको भन्दै मिलेर काम गर्न आग्रह गरेका… पुरा पढौ