राजनीति

माओवादी केन्द्रको सुदूरपश्चिमस्तरीय परामर्श बैठक सुरु

धनगढी, १२ भदौ नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक आजदेखि सुरु भएको छ।भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले जनाएको छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेशको बैठक सम्पन्न भइसकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय… पुरा पढौ

नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको संगठन विस्तार अभियान

बागलुङ । भाद्र ११ नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले संगठन विस्तार अभियान थालेको छ । गाउँसम्म संगठन विस्तार गर्नेगरी बागलुङका १० वटै पालिकामा अभियान सञ्चालन गरेको हो । अभियान अन्र्तगत जिल्लाको गल्कोट नगरपालिकामा प्रथम नगर अधिवेशन गरेको छ । ‘श्रमको सम्मान गरौ,श्रम शक्ति नै राष्ट्र शक्ति हा’े भन्ने मुल नाराका साथ पहिलो पटक गल्कोटमा समिति गठन गरिएको छ । प्रथम अधिवेशनको उदघाटन गर्दै गल्कोट नगरपालिका प्रमुख भरत गैरेले श्रमिक वर्गको हक, हितको लागि कानुन भएपनि कार्यान्वयन भने हुन नसकेको बताउनुभएको… पुरा पढौ

जनताको शक्तिलाई कम नआँक्न अध्यक्ष प्रचण्डको चेतावनी

काठमाडौं, ११ भदौ प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरु बलियो प्रतिपक्षको रुपमा अघि बढ्ने बताउनुभयो । ‘यो सम्मानित संसदमा मैले पटकपटक भनिरहेको छु , आमजनतामा ठूलो निराशा र मोहभंग छ, ठूलो असन्तोष छ । यो संसदसहित हामी सबै दल जनताको ठूलो निगरानीमा छौं । नेपाली कांग्रेस र नेकपा एमालेका साथीहरुलाई मेरो अनुरोध छ, जनता अहिलेको राजनीतिक… पुरा पढौ

राजनीतिक परिवर्तनमा सांस्कृतिक यौद्धाहरुको भुमिका ऐतिहासिक

काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ । जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दर्शन, सिद्धान्त र राजनीतिका धेरै कुरा गरेर भन्दा गीत, संगीतका थोरै प्रस्तुतिबाट जनतामा धेरै भन्दा धेरै जागरण पैदा गर्न सकिने बताउनुभयो । उहाँले सांस्कृतिक यौद्धाहरु जीवनभर जनतामा जागरण पैदा गर्दैगर्दै पर्ने र मरिसकेपछि पनि… पुरा पढौ

माओवादी केन्द्र गण्डकीको केन्द्रीय परामर्श बैठक सम्पन्न

पोखरा, १० भदौ । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक आज सकिएको छ । हिजोबाट सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारी गरी ५९ जनाले पार्टी निर्माणका लागि सुझाव पेश गर्नुभएको थियो । बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्नुभएको थियो । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक… पुरा पढौ

जनसेवामा निरन्तर जुट्न कार्यकर्तालाई अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं, ९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेकखर्कमा पहिरोमा परी छ जनाको दुखद निधन, चार जना बेपत्ता र एक जना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको उल्लेख गर्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउन गराउनुभएको छ । ‘प्राकृतिक प्रकोपका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली… पुरा पढौ

अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकारः प्रचण्ड

काठमाडौं, ८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको छ। शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो । सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरुमा आतंक सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरु सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले… पुरा पढौ

रिपोर्टस क्लबम रेशम चाैधरी रन्जिता श्रेष्ठ नआएपछि

काठमाडौं ,भदौ ७ नागरिक उन्मुक्ति पार्टीले राजधानीकाे भृकुटीमण्डपमारहेको रिपोटर्स क्लबमा आयोजना गरिएको टीकापुर घटना र वर्तमान सन्दर्भ कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चाैधरी र रन्जिता श्रेष्ठ आउने भनेर ठूलो प्रचारप्रसार गरिएपछि पत्रकारको ठूलो भिडभाड जम्मा भएको थियो । कार्यक्रम शुरूवात हुने समयमा एकाएक नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चाैधरी र रन्जिता श्रेष्ठ बिरामी भइ आउन नसकेको खबर सुनाउदै बागमती प्रदेशका नेताहरू मन्चमा आसनग्रहण गराउने काम गराएपछि नागरिक उन्मुक्ति पार्टीका नेता चाैधरी रश्रेष्ठको खबर संकलन आएका पत्रकारहरू मध्य करिब आधा… पुरा पढौ

माआ‌ेवादी बागमती प्रदेशको बैठक सम्पन्न

काठमाडौं । ६ भाद्र, २०८१ ।नेकपा(माओवादी केन्द्र)मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ । बागमती प्रदेशको बैठक आज सम्पन्न हुँदै छ । पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई/दुई दिन परामर्श बस्ने निर्णय साउन २५,२६,२७,२८,३० र ३१ गते बसेको स्थायी समिति बैठकले गरेको थियोे। पुरा पढौ

माआ‌ेवादीले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने

काठमाडौँ, २ भाद्र। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताउनुभएको छ। विसं २०५१ सालमा शहीद हुनुभएका तात्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो। कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको बताउनुभयो। उहाँले भन्नुभयो, "रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँ पार्टीभित्र मात्र नभएर… पुरा पढौ