राजनीति

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता

४ फागुन, २०८१ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साँझ भेट भएको हो । सो भेटका क्रममा उहाँहरुबीच नेपाल भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो । त्यस भेटकाक्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । हालै काठमाडौँमा… पुरा पढौ

‘ग्लोबल साउथ’ बीच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रका बीचमा कनेक्टिभिटी सहितको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।   आठौँ हिन्द महासागरीय सम्मेलनलाई आइतबार ओमनको राजधानी मस्कटमा सम्बोधन गर्दै मन्त्री डा देउवाले सो धारणा राख्नुभएको हो । उक्त सम्मेलनको मुख्य विषयवस्तु ‘समुद्री साझेदारीको नयाँ क्षितिजको यात्रा’ खासगरी नेपालजस्ता भूपरिवेष्ठित देशका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै यसबाट हुने सामुद्रिक साझेदारीले कनेक्टिभिटी बढाउने र यसका माध्यमबाट मानवताको समावेशी र दिगो विकासका लागि माध्यम बन्ने उहाँले बताउनुभयो ।… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह

फागुन ४, २०८१ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स् (युएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो । भेटका क्रममा उहाँहरुका बीचमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभावलाई न्युनिकरण गर्नका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन आग्रह

फागुन ४ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो । सो भेटका क्रममा उहाँहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली… पुरा पढौ

जसपाका पूर्व प्रदेश अध्यक्षसहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

झापा, ३ फागुन । जसपा नेपाल प्रदेश नम्बर १ का पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट सयौं नेता कार्यकर्ता प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा जसपाका दमक नगरका पूर्व अध्यक्ष खेम दाहाल, उपाध्यक्ष अनिल तामाङ, दीपक न्यौपान सहित पूर्व प्रदेश सदस्यहरु, याम लावतीसहितका जसपका विभिन्न तहका नेता कार्यकर्ता,… पुरा पढौ

सहिद स्मृति रङ्गशालाको उद्घाटन

मकवानपुर ।पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रङ्गशालाको उद्घाटन गर्नुभएको छ। पुरा पढौ

प्रथम सहिद लखन थापाको स्मृतिमा दीप प्रज्वलन

बागलुङ ।नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको स्मृतिमा बागलुङ बजारमा दीप प्रज्वलन गरिएको छ । १४८ औं लखन स्मृति दिवसको सन्दर्भमा नेपाल मगर विद्यार्थी संघ बागलुङ र मगर विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा बागलुङ बजारको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले देशकै प्रथम सहिद लखन थापामगरलाई केवल मगर समुदाय र यससंग सम्बन्धित संघ संस्थाले मात्रै सम्झना गरेर कार्यक्रम गर्नु दुर्भाग्यपूर्ण अवस्था भएको… पुरा पढौ

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छः प्रचण्ड

दोलखा, २ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा होइन, संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको बताउनुभएको छ । ३० औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महिला, दलित, जनजाति, मधेशी, मुश्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले… पुरा पढौ

परराष्ट्रमन्त्री डा आरजु राणा ओमन प्रस्थान

काठमाडौं ,परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान गर्नुभएको छ । आजदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज  त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई परराष्ट्र सचिव अमृतबहादुर राइ र परराष्ट्रका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो । उहाँ ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा त्यसतर्फ लाग्नुभएको हो । सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा (Voyage to New Horizons of Maritime… पुरा पढौ

देशलाई आत्मनिर्भरताको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको छः प्रचण्ड

गुल्मी, १ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने बताउनुभयो ।‘एकथरिले मुलुकमा केही… पुरा पढौ