राजनीति

माओवादी केन्द्र मधेश प्रदेशको बैठक सकियो

महोत्तरी, २६ भदौ । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक आज सकिएको छ। दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो । बैठक समापनमा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन गर्नुभएको थियो । बैठकमा हिजो ४६ जना र आज थप दुई जना गरी ४८ जना सहभागीले बोल्नुभएको थियो ।बैठकमा केन्द्रीय पदाधिकारीसहित… पुरा पढौ

वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह

महोत्तरी, २६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ। यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। वडा अध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो। घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उहाँको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् । यादवको हत्याको अनुसन्धानको माग… पुरा पढौ

उहिलै मरिन् सासु, अहिले आए आँशु

काठमाडौं / भदौ २६काठमाडौं महानगरपालिका मेयर र प्रधानमन्त्री केपी शर्मा आ‌ेली बिच केही समयदेखि चल्दै आएको दाेहाेरी सकिनुकाेसाटो दिनदिनै एकपछि अर्को गरि बढ्दै गइरहेको छ । काठमाडौं उपत्यकाको खाेलाकाे मापदण्ड बारे काठमाडौ महानगरपालिका र वर्तमान सरकार प्रमुख बिच सामाजिक संजालमा लेख्ने एकपछि अर्को श्रृङखला बढ्दै गइरहेको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आज बुधबार फेरि मापदण्ड बारे सर्वोच्च अदालतले गरेको फैसला बारे लेखेर घटनाको सबै कुरा सार्वजनिक गरेको छ ।उहिलै मरिन् सासु, अहिले आए आँशु , यो चरित्रले कसरी देश… पुरा पढौ

माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छः प्रचण्ड

महोत्तरी, २६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उहाँले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण देखिएको बताउनुभएको हो । ‘पहिचानका पक्षमा लड्ने पार्टीको रुपमा माओवादी केन्द्र स्थापित भएकै छ, थप सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरि फेरि… पुरा पढौ

लुम्बिनी प्रदेशका वन मन्त्री बादशाहले दिए, राजीनामा

काठमाडौं / निर्मला कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन्। बेपत्ता पारेकाे आराेप खेप्दै आएका उनीमाथि चाैतर्फी दबाब बढेपछि पदबाट राजीनामा दिएका हुन्। कुर्मी २०८१ साल साउन ९ गते मन्त्री पदमा नियुक्त भएका थिए।  जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी अहिले पनि आन्दोलित छन्।चौतर्फी विरोध भएपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्। सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूको दाबी… पुरा पढौ

माओवादी केन्द्रको परामर्श बैठक: मधेश प्रदेशमा ४६ नेताले दिए सुझाव

महोत्तरी, २५ भदौ । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । बैठकको पहिलो दिन सहभागीहरुले सुझाव दिने क्रम सकिएको छ। बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ४६ जना नेताले सुझाव दिएको माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ । सुझाव दिने नेताहरुले पार्टीलाई थप सुदृढ र एकताबद्व गरेर लैजानुपर्नेमा जोड दिदै संगठन सुदृढीकरण र जनपरिचालनका ठोस कार्यक्रम तय गर्न सुझाव दिएका छन् ।भोलि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गरेपछि बैठक… पुरा पढौ

माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बर्दिबासमा सुरु

महोत्तरी, २५ भदौ । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेश प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ। बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभएको छ । उहाँले रुपान्तरण संभव भएको र यसको विकल्प नभएको बताउनुभयो । माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ’– उहाँले भन्नुभयो– ‘परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित… पुरा पढौ

माआ‌ेवादीले भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलन अघि बढाउने घाेषणा

सिरहा, २५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोंचमा रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उहाँले त्यसकै लागि आफूहरु देशब्यापी बैठक र छलफलमा जुटेको बताउनुभयो । पार्टीको मधेश प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुग्नुभएका अध्यक्ष प्रचण्डले मुलुकको अहिलेको ठूलो समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशब्यापी आन्दोलन गर्ने बताउनुभयो । ‘तपाइँहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही… पुरा पढौ

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यकः प्रचण्ड

सिरहा, २५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिरहाले आज विहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताउनुभयो । २०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिंदै उहाँले अब संविधानको… पुरा पढौ

शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गर्वको अनुभूति गर्न पाउने छन्ः प्रचण्ड

सप्तरी, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गौरवको अनुभूति गर्न पाउने बताउनुभएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका २ मा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक अनावरण गर्दै उहाँले शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले यो सहिद र वेपत्ता परिवारसहित देशकै लागि खुशीको कुरा हुने बताउनुभयो । ‘अब राज्यको तर्फबाट परिपुरण र राहतको व्यवस्था हुने छ । सहिद तथा बेपत्ता यौद्धाहरुको सम्मान, उनीहरुका परिवारको हेरचाह र सन्तानको… पुरा पढौ