राजनीति

राष्ट्रसंघीय मानवअधिकार परिषदमा परराष्ट्रमन्त्रीको सम्बोधनःनेपाल मानवअधिकारको रक्षा र प्रवर्धनमा सधैँ प्रतिबद्ध छ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रही आएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै मन्त्री डा देउवाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपाल विश्वकै एक अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदै आएको बताउनुभएको हो । मन्त्री डा देउवाले भन्नुभयो “नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारहरूलाई मौलिक अधिकारका रुपमा समेटेको छ । नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता,… पुरा पढौ

जनतासँग माओवादी अभियान जनसंवाद अभियान हो: प्रचण्ड

झापा, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि बढाएको हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान जनताको कुरा सुन्ने जनसंवाद अभियान भएको बताउनुभएको छ। जनतासँग माओवादी तराई मधेस जागरणअभियानअन्तर्गत झापाको झापा गाउँपालिकामा आयोजित जनभेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले यो अभियानलाई नेता आउने भाषण गर्ने अभियानको रुपमा भन्दा सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम समस्या समाधानका लागि पहल गर्ने अभियानको रुपमा अघि बढाउन खोजेको बताउनुभयो… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभ बीच  जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबीच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उहाँहरुबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा देउवाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय २९ औँ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गर्नुभएको थियो । नेपाल र अजरबैजान नाम र जि ७७ संगठनका सदस्यका रुपमा विकासशील देशहरुका… पुरा पढौ

संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिने छ: प्रचण्ड

कचनकेवल (झापा), १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताउनुभएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरुको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा राख्नुभएको हो । उहाँले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा  सम्बोधन गर्न सकिने बताउनुभयो । कोच, शेर्पा लगायत धेरै सनुदायको पहिचान सम्बोधन गर्न… पुरा पढौ

राष्ट्रिय शहरी नीति र फाेहाेरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानिय तहले समन्वय गर्ने

काठमाडौं : राष्ट्रिय शहरी नीति २०८१ र फाेहाेरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ कार्यान्वयनमा संघ, प्रदेश र स्थानिय तहले समन्वय गर्ने भएका छन् । आइतबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहकाे अध्यक्षतामा बसेकाे प्रदेश र स्थानीय तहका प्रतिनिधि रहेकाे शहरी विकास समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । `नेपाल सरकार मन्त्रीपरिषद्बाट स्वीकृत भएकाे फाेहाेरमैला राष्ट्रिय नीति ०७९ र राष्ट्रिय शहरी नीति २०८१ काे बारेमा जानकारी भयाे । यी नीतिहरू कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले आवश्यक समन्वय र सहकार्य गर्ने… पुरा पढौ

माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ: प्रचण्ड

काठमाडौ, १० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताउनुभएको छ। माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनुपर्ने बताउनुभयो । स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न अब पुरानैको निरन्तरता होइन, नयाँको थालनी… पुरा पढौ

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ: प्रचण्ड

फागुन १०, पोखरा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभएको छ। शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताउनुभएको हो। भेलामा प्रचण्डले भन्नुभयो, ''संविधान निर्माणको बेला नै हामीले केही 'रिजर्भेसन' राखेका छौँ। संविधान संशाेधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो।… पुरा पढौ

उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग जापानी राजदूतको भेट

काठमाडौं स् उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत तोरु मायदाले शिष्टाचार भेट गर्नुभएको छ । शहरी विकास मन्त्रालयमा बिहिबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ । भेटमा उपप्रधानमन्त्री सिंहले प्राकृतिक विपत्तिका बेलामा पुर्याएको सहयोग र भूकम्पीय जोखिमका बारेमा अध्ययन गर्न सहयोग गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा शहरी विकासमा वैज्ञानिक अध्ययन अनुसन्धान मार्फत सहकार्य गर्न र जलवायु मैत्री हिसावले शहरीकरण गर्दै फोहोर मैला व्यवस्थापनमा समेत नेपालले जापनसँग सहकार्य गर्न चाहेको बताउनुभयो… पुरा पढौ

नेपाल बनाउन संभव छ, हामीले नै बनाउने होः प्रचण्ड

गोरखा, ८ फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन संभव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताउनुभएको छ । गोरखाको पालुङ्टार नगरपालिका १० मा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जल, जमीन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर संभावना बोकको देश हो’– नेपाल प्राकृतिक रुपमा संसारकै सुन्दर देश रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर,… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा स्वदेश फिर्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ । भारतीय विदेशमन्त्री डा एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा उहाँ यही फागुन २ गते ओमन प्रस्थान गर्नुभएको थियो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै मन्त्री डा देउवाले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताउनुभयो । सो सम्मेलनमा हिन्द… पुरा पढौ