राजनीति

जसपाका पूर्व प्रदेश अध्यक्षसहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

झापा, ३ फागुन । जसपा नेपाल प्रदेश नम्बर १ का पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट सयौं नेता कार्यकर्ता प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा जसपाका दमक नगरका पूर्व अध्यक्ष खेम दाहाल, उपाध्यक्ष अनिल तामाङ, दीपक न्यौपान सहित पूर्व प्रदेश सदस्यहरु, याम लावतीसहितका जसपका विभिन्न तहका नेता कार्यकर्ता,… पुरा पढौ

सहिद स्मृति रङ्गशालाको उद्घाटन

मकवानपुर ।पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रङ्गशालाको उद्घाटन गर्नुभएको छ। पुरा पढौ

प्रथम सहिद लखन थापाको स्मृतिमा दीप प्रज्वलन

बागलुङ ।नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको स्मृतिमा बागलुङ बजारमा दीप प्रज्वलन गरिएको छ । १४८ औं लखन स्मृति दिवसको सन्दर्भमा नेपाल मगर विद्यार्थी संघ बागलुङ र मगर विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा बागलुङ बजारको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले देशकै प्रथम सहिद लखन थापामगरलाई केवल मगर समुदाय र यससंग सम्बन्धित संघ संस्थाले मात्रै सम्झना गरेर कार्यक्रम गर्नु दुर्भाग्यपूर्ण अवस्था भएको… पुरा पढौ

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छः प्रचण्ड

दोलखा, २ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा होइन, संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको बताउनुभएको छ । ३० औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महिला, दलित, जनजाति, मधेशी, मुश्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले… पुरा पढौ

परराष्ट्रमन्त्री डा आरजु राणा ओमन प्रस्थान

काठमाडौं ,परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान गर्नुभएको छ । आजदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज  त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई परराष्ट्र सचिव अमृतबहादुर राइ र परराष्ट्रका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो । उहाँ ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा त्यसतर्फ लाग्नुभएको हो । सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा (Voyage to New Horizons of Maritime… पुरा पढौ

देशलाई आत्मनिर्भरताको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको छः प्रचण्ड

गुल्मी, १ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने बताउनुभयो ।‘एकथरिले मुलुकमा केही… पुरा पढौ

प्रचण्डद्धारा गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन

तम्घास, फागुन १ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गर्नुभएको छ । बिहीबार मालिका गाउँपालिकाको वडा नम्वर ४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गर्नुभएको हो । उहाँले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गर्नुभएको छ । मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा  स्थानीय नागरिकहरुको  उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताउनुभयो । उहाँले देशका… पुरा पढौ

प्रचण्डद्धारा गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन

तम्घास, फागुन १ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गर्नुभएको छ । बिहीबार मालिका गाउँपालिकाको वडा नम्वर ४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गर्नुभएको हो । उहाँले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गर्नुभएको छ । मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा  स्थानीय नागरिकहरुको  उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताउनुभयो । उहाँले देशका… पुरा पढौ

जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छः प्रचण्ड

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताउनुभएको छ । ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’– उहाँले भन्नुभयो– ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन संभव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’ जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको… पुरा पढौ

जनयुद्धको ३० औं वर्षगाँठमा माआ‌ेवादी अध्यक्ष प्रचण्डको  शुभकामना

काठमाडौं ,नेकपा माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको अवसरमा एक विज्ञप्ति प्रकाशित गरि शुभकामना सन्देश दिनुभएको छ । २०५२ फागुन १ गते, नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन । हाम्रा लागि यो दिन नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन हो भनेर अध्यक्ष दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ । महान जनयुद्धको यस ऐतिहासिक दिनमा म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त… पुरा पढौ